काठमाडौं- मूलत: हिन्दु धर्मावलम्बीहरुको महान् चाड हो दसैं। नेपालमा रहेका हुन् वा देशबाहिरका, सबैले उत्तिकै महत्वका साथ दसैं मनाउने गर्छन्।
_x000D__x000D_
अध्ययन, रोजगारी वा अरु कुनै सिलसिलामा विदेश पुगेको भए पनि दसैंको अवसरमा स्वदेश फर्किने चलन पुरानै हो। तर, सबै नेपाली दसैंमा घर फर्किन पाउँदैनन्। घर फर्किन नपाए पनि प्रवासमै नेपालीहरू मिलेर चाड मनाउने गरेका छन्।
_x000D__x000D_
दसैं नजिकिँदै गर्दा स्वदेशमा मात्र होइन, विदेशमा रहेका नेपाली पनि ‘फेस्टिभ मुड’मा हुन्छन्। उनीहरू दसैंका बारेमा आफू रहेका देशका नागारिकलाई चासो नभए पनि नेपालीहरूका बीचमा भने दसैं खुलेर मनाउने गरेका छन्।
_x000D__x000D_
वैदेशिक रोजगारीमा रहेका सबै नेपालीले दसैं मनाउ भने पाउँदैनन्। किनकि यता दसैं चलिरहँदा उता कम्पनीमा पसिना बगाउनुपर्ने हुन्छ।
_x000D__x000D_
स्वदेशमा टीका थाप्न परिवारका ज्येष्ठ सदस्य तथा नातेदारकहाँ जाने चलन भए पनि विदेशमा यो सम्भव छैन। विदेशमा रहेका नेपाली दसैंमा टीका थाप्न समय भएसम्म नेपाली दूतावासहरुमा जाने गरेका छन्।
_x000D__x000D_
त्यहाँका नेपालीले राजदूतको हातबाट टीका थाप्ने चलन छ। कतिपय देशमा विभिन्न संघ–संस्थाले राजदूतलाई बोलाएर सामूहिक टीका लगाउने व्यवस्था मिलाउने गरेका छन्।
_x000D__x000D_
कतारका कार्यवाहक राजदूत रमेश कोइरालाका अनुसार कतारमा रहेका नेपालीलाई दूतवासले टीका लगाउन कार्यक्रम नै आयोजना गर्ने गरेको छ। कतारमा कार्यरत धेरैजसो नेपाली कामदार टीका लगाउन दूतवास आउने गरेको उनको भनाइ छ।
_x000D__x000D_
रोजगारीमा आएका नेपालीलाई दूतावासमै टीका लगाउने व्यवस्था मिलाउने गरिएको मलेसियास्थित नेपाली दूतवासका कार्यवाहक राजदूत कुमार खरेलसमेत बताउँछन्।
_x000D__x000D_
एक दिन भए पनि टीकाको अवसरमा दूतावाससँग उनीहरुले घुलमिल हुन पाउने उनको भनाइ छ।
_x000D__x000D_
'दसैंमा बिदा नमिलेकाले टीका लगाउन घर जान पाइनँ,' कोरियामा कार्यरत किरण कटुवालले अनलाइन कुराकानीमा भने, 'त्यही भएर दूतावासमा गएर टीका ग्रहण गर्ने योजना बनाएको छु।'
_x000D__x000D_
विदेशमा दसैं मनाउन स्वदेशमा जस्तो सजिलो पनि छैन। टीकाको दिन विदेशी कम्पनीको बिदा ठ्याक्कै मिल्यो भने मात्र टीका लगाउन पाउने उनको भनाइ छ।
_x000D__x000D_
कतिपय कम्पनीले नेपालीलाई दसैंका लागि भनेर बोनससहित बिदा दिने गरेको युएईमा कार्यरत पोखराका जीवन थामी बताँउछन्। टीकाका दिन बिदा भयो भने दूतवासमा गएर टीका लगाउने उनको पनि सोच छ।
_x000D__x000D_
युएईमा रहेका नेपालीहरू भने समय निकालेरै विभिन्न संघसस्थासँग मिलेर दसैं मनाउने गरेको बताउँछन्।
_x000D__x000D_
दिलीप साउथ कतारमा काम गर्छन्। नेपालमा हुँदाभन्दा विदेशमा रहँदा दसैंको महत्व थप बढ्ने उनले महसुस गरेका छन्। 'दूतावासमा गएर भए पनि टीका त लगाउनैपर्ला,' उनले योजना साटे।
_x000D__x000D_
मलेसियामा ५ वर्षदेखि काम गर्दै आइरहेका झापा चकचकीका गुरु रेग्मीले दसैंमा कम्पनीमा बिदा मिलाएर दूतावासमा गएर टीका लगाउने र साथीसँग घुम्न जाने योजना बुनिसकेका छन्।
_x000D__x000D_
यसरी विदेशमा रहेका नेपालीहरू प्रायः नेपाली–नेपालीबीच समूहमा मिलेर खानपान र आफूभन्दा ठूलाबाट टीका थापेर दसैं मनाउने गर्छन्। कतिपयले नेटमार्फत घरका ठूलाबडासँग भिडियो च्याटमा टीका थाप्ने गरेका पनि छन्। पछिल्लो समय विदेशमा रहेका नेपाली कामदारको सहारा सामाजिक सञ्जाल बनेको छ, जहाँ उनीहरु दसैं सेलिब्रेसन गर्छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।