काठमाडौं- असोजको मध्य ढल्किसकेको यो समय काठमाडौंमा चिसो सुरु भइसकेको छ। मलमासका कारण अघिल्ला वर्षहरुको भन्दा यस वर्ष चाडबाडहरुको तिथिमिति केही पछाडि धकेलिएको छ। मौसमको चक्रलाई ख्याल गर्ने हो भने यसपटक अवश्य पनि केही फरकपन महसु हुनेछ। तर त्यहि फरकपनमा चाडपर्वको रौनक र उल्लासको सम्मिश्रण झनै सम्झिनलायक बन्ने छ।
_x000D_ _x000D_
अघिल्ला दिनहरु भन्दा केही चिसो अनुभव भएको थियो। त्यही आर्द्रताबीच हामी भने पुराना दसैं अनुभव सुन्न नेपाल राष्ट्र बैंकका पहिलो गभर्नर हिमालय शमशेर जबरालाई भेट्न निस्कियौं।
_x000D_ _x000D_
‘जाडो बढ्दै गरेको बिहान, लामो छुट्टिको समय, बागमतीको सफा अनि कलकल बगिरहेको पानी, साथीभाइसँग मिलेर प्रत्येक दिन बागमतीमा गई झ्याम्म हाम फाल्नुको बेग्लै अनुभूति हुन्थ्यो’, सुरुवातमै रोमाञ्चक मोडमा देखिएका पूर्व गभर्नर जबराले दसैंका पुराना दिन सम्झिन सुरु गरे। एकै वाक्यमा पुराना दिनमा फर्किएका जबराको अनुहारको भावभंगीमा हेर्दा यस्तो लाग्थ्यो उनीभित्र अनुभूतिको अपार खजाना छ। जो हतारहतार बाहिर आउन खोजिरहेछ।
_x000D_ _x000D_
_x000D_ _x000D_
आफू बालक छँदा दुर्गा लागेसँगै प्रत्येक दिन फरक–फरक देवीका मन्दिर तथा शक्तिपीठहरुमा पुगेको संझना उनमा ताजै छ। भने, ‘दसै दिन देवीका मन्दिरहरुमा पुग्थ्यौं। हिँड्दै भद्रकाली, शोभाभगवती लगायतका मन्दिरमा पुगेको अझै याद आउँछ।’
_x000D_ _x000D_
केही नोस्टाल्जिक देखिएका उनलाई राणा शासनको बेलामा बुवाआमासँग प्रत्येक आफन्तको घर–घरमा गएर टिका लगाउँदाको दसैं सबैभन्दा रमाइलो दसैं लाग्दो रहेछ। तर, हिजोआज त्यस्तो परम्परा हराउँदै गएको त्यति चित्त बुझ्दैन उनलाई। ‘परिवार–परिवारको मिलन हुने त्यो परम्पराको अहिले अन्त्य नै भइसक्यो,’ केहीबेर हामीतीरबाट ध्यान हटाएका उनी पुनः सम्वादमा जोडिए, ‘नमजा लाग्छ, कि अहिले त दसैं आफ्नो परिवार भित्रै खुम्चिएको छ।’
_x000D_ _x000D_
उमेरले ९० पुगेका जबरालाई अहिले दसैं नजिकिएको प्रष्ट थाहा छ। गाउँघर, सहरबजारमा चहलपहल बढेको पनि हेक्का रोखेका छन्। तर, यसको संस्कृतिक महत्व दिन प्रतिदिन घट्दै गएकोमा उनमा तीव्र असन्तुष्टि रहेछ। ‘पहिले दसैंलाई सांस्कृतिक रुपमा निकै महत्वका साथ हेरिन्थ्यो। अहिले मान्छेहरुले आफ्नो सभ्यता, संस्कृति भुल्दै जान थाले। दसैं त अचेल देखावटी र बजारिया भएको छ।’
_x000D_ _x000D_
_x000D_ _x000D_
पछिल्ला दसैं रमाइलो नबन्नुमा उनले मानिसको जीवनशैली र बजारका अलावा केही फरक खालको तर्क पेस गरे। त्यो हो मूलुक धर्म निरपेक्ष बन्नु। ‘मूलुक धर्म निरपेक्ष हुँदा पहिलेको भन्दा हामीबीचमा आपसी सद्भाव हराएको हो कि भन्ने लाग्छ। यसले गर्दा पनि हाम्रा सम्पदा र संस्कृतिमा आवश्यक हेरचाह पुगेको देखिँदैन।’
_x000D_ _x000D_
कुराकानीको लामो समय पछिल्ला दसैं मनाउने शैलीमा आएको भिन्नतामा अलमलिएका जबरा यस बीचमा दिइने बिदालाई निकै महत्वपूर्ण ठान्छन्। ‘चाहे विद्यार्थी, जागिरे वा लाहुरे नै किन नहुन्, सबैलाई दसैंको बिदाले निकै महत्व राख्छ,’ उनी फेरि पुराना दिनमै फर्किए, ‘वर्षा सकिएर हिँउदको सुरुवाती यो समय घुम्न, रमाइलो गर्न बडो आनन्द मिल्छ। हामी स्कुल छुट्टि हुने बित्तिकै यो बेला घरमा बासै हुन्थेन। साथीभाइसँग खेल्न निस्किहाल्थ्यौं। त्यसमाथि यतिबेला गाउँघरको वातावरण त निकै मनमोहक हुन्छ।’
_x000D_ _x000D_
तर, दसैं लगायत धेरै चाडपर्वमा दिइने बिदामा सरकारले यसपटकदेखि कटौती गरेको छ। यसले गर्दा पनि यसपटकको दसैं ‘हतारको दसैं’ हुने उनले टिप्पणी गरे। ‘पहिला दसैं बिदा लामो समयसम्म हुथ्यो। सबैजना आफ्नो जन्मथलो जान्थे। परिवार, आफन्तसँग भेटघाट हुन्थ्यो, सम्बन्ध नवीकरण गर्न यथेष्ट समय मिल्थ्यो। तर, अहिले त बिदा पनि घट्यो, दसैंको महत्व पनि घट्यो।’
_x000D_ _x000D_
दसैंको सांस्कृतिक महत्व घटेसँगै जबरालाई दसैं मनाउनेको संख्या पनि घटेझैं लाग्दो रहेछ। काठमाडौंमा दसैंका बेला हुने चहलपहलले दसैं मनाउनेको संख्या बढेको मान्न नसकिने उनको तर्क छ। भन्छन्, ‘पहिले–पहिले दसैंमा सुनसानजस्तै हुने काठमाडौंमा हिजोआज चहलपहल बढेको देखिन्छ। तर, यसले दसैं मनाउनेको संख्या बढेको पुष्टि गर्दैन।’
_x000D_ _x000D_
_x000D_ _x000D_
भिडभाड बढी हुनु र उमेरका कारण पनि यसपटकको दसैंमा टाढा नजाने सोच छ उनको। नवरात्री अवधिभर घर नजिकै थापाथलीस्थित पञ्चायतको मन्दिरमा समय गुजार्ने जबराले बताए।
_x000D_ _x000D_
जबराका लागि यसपटकको टीका उमेर र अनुभवका हिसाबले पनि केही खास अवस्य हुनेछ। जसका लागि उनले आफ्नै घरमा सबैलाई टीका र आशीर्वाद दिने सोच बनाएका छन्। ‘परिवारको सबैभन्दा जेष्ठ व्यक्ति हुँ। यसपटक सबै परिवार तथा इष्टमित्रलाई आफ्नै घरमा दसैंको टिका लगाइदिन्छु। लामो समयपछि धेरै आफन्तसँग भेट हुँदैछ भन्ने लागेको छ। पक्कै बेग्लै अनुभूति हुनेछ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।