बझाङ– विगत वर्षहरुझैं यस वर्ष पनि बिस्नाको दसैं पालभित्रै बित्ने भएको छ। खान, लाउन पनि धौधौ छ, एकल महिला बिस्नालाई। बिहान–बेलुकाको छाक टार्न दिनभर गाउँ डुल्नुपर्ने बाध्यता छ। दिनभर कसैको घरमा काम गर्न पाए एक छाक खाना आउँछ, नत्र भोकभोकै रात बिताउनु पर्छ उनलाई।
_x000D__x000D_
स्थानीय चुनावका बेला उम्मेदारहरुले गरेको प्रतिवद्धताले बिस्नालाई छुन सकेको छैन, गाउँगाउँमा सिंहदरबार पु¥याइदिने आश्वासन त परकै कुरा। अझै पनि बिष्नाका दुःखका पोकाहरु जस्ताको तस्तै छन्।
_x000D__x000D_
हरेक चाडबाड आउँदा पनि त्रिपालभित्रै अमिलो मन बनाएर बस्छिन् सुदुरपश्चिमको पहाडी जिल्ला बझाङस्थित केदारस्यँ गाउँपालिका– ८ झोता बजारकी बिस्ना बादी।
_x000D__x000D_
‘स्थानीय सरकार कागलाई बेल पाक्यो हर्ष न बिस्मात भनेझैं भएको छ’, बिस्ना भन्छिन्, मेरा लागि न त जनप्रतिनिधि भए, न सिंहदरबार नै।’
_x000D__x000D_
जिल्लाको थलारा गाँउपालिका खोलीमा माइती घर भएकी बिस्नालाई मन नहुँदानहुँदै पनि बुंगल नगरपालिमा पाउटा बसोबास गर्ने टीका बादीको जिम्मा लगाइदिए ढुंगे मन भएका आफन्तहरुले। कलिलै उमेरमा विवाहबन्धनमा बाँधिएकी बिस्ना पति विवाह भएको केही महिनामै बिते। त्यसपछि उनको दुःखका दिन सुरु भए।
_x000D__x000D_
‘आफन्तले अलच्छिनी भन्दै घर निकाला गरिदिए। माइती घर जाउँ भने आफ्नो भन्नु कोही छैनन्,’ उनले दुखेसो पोखिन्, ‘आफ्नो भन्ने भगवानको प्यारो भएगए, अहिले यही त्रिपालको झुपडीमुनि बसोबास गर्दै आएकी छु।’
_x000D__x000D_
१२ वर्षदेखि यही झुपडीमा जीविका चलाउँआएकी बिस्नाको सम्पत्तिका नाममा गाँउलेहरुले दिएको एउटा बाल्टिन, एउटा कचौरा, डेक्ची र डाडुपन्यू मात्रै छ।
_x000D_उनी भन्छिन्, गरिबका लागि दसैं दशा हो हजुर।’
_x000D_
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।