काठमाडौं- किराँत समुदायमा दसैंको टीकाबारे धेरै विवाद भयो। धार्मिक ग्रन्थ मुन्धुममा दसैंबारे कतै उल्लेख नभएकाले टीका लगाउन नहुने कतिपयको तर्क थियो। कतिपय नेपालीको संस्कृति भएकाले टीका लगाउनुपर्ने पक्षमा थिए।
_x000D__x000D_
त्यस क्रममा किराँत समुदायका केहीले दसैं बहिष्कार गर्ने अभियान नै चलाए। विवाद उत्कर्षमा पुगेपछि किराँत याक्थुङ चुम्लुङबाट निर्णय भयो– 'टीका ग्रहण गर्ने वा नगर्ने व्यक्तिगत स्वतन्त्रताको विषय हो।'
_x000D__x000D_
किराँत समुदायले दसैंको टीका बहिष्कार गर्ने अभियान चलाए पनि पूर्व सभामुख तथा नेकपा एमालेका नेता सुवास नेम्वाङले दसैंमा टीका लगाउन कहिल्यै छाडेका छैनन्। हरेक दसैंमा उनी अनामनगरस्थित फुपूको घरमा टीका लगाउन जान्छन्।
_x000D__x000D_
२०५८ सालमा फूपूको घरबाट टीका लगाएर नेम्वाङ बाहिर निस्किएका थिए, गेटमा टुप्लुक्क आइपुगे गोरेबहादुर खपांगी।
_x000D__x000D_
दसैं बहिष्कारको अभियान चलाउने अग्रपंक्तिमा थिए खपांगी। नेम्वाङको निधारमा टीका देखेपछि खपाङ्गी कड्किए, ' के हो किराँत समुदायले टीका बहिष्कार गरेको बेला तपाईंको निधारमा टीका?' खपाङ्गीको आक्रोशपूर्ण प्रश्न हरेक दसैंमा नेम्वाङको कानमा गुजन्छ।
_x000D__x000D_
२०५९ सालको दसैं नेम्वाङको अविष्मरणीय दसैं हो। त्यो साल पनि नेम्वाङ फूपूको घरमा टीका लगाउन गएका थिए। टीका लगाएर सपरिवार टेलिभिजन हेर्दै गर्दा गोरेबहादुर खपाङ्गीले राजाको हातबाट टीका लगाइरहेको दृश्य देखे। दसैं बहिष्कारका अभिन्यताले राजाको हातको टीका लगाएको दृश्य देख्नुपरेपछि नेम्वाङ जिल खाए। फूपूको घरमा खानपिन गरेर के बाहिर निस्किएका थिए संयोगवश गेटमा निधारमा रातो टीका लगाएका खपाङ्गीसँग उनको जम्काभेट भयो।
_x000D__x000D_
एक वर्षअघि हप्की खाएका नेम्वाङले मुस्कुराउँदै खपाङ्गीलाई यसपटक साहसपूर्ण रुपमा टीका लगाएको बताए। 'तपाईंले टीका लगाएको देखेर मलाई पनि साहस आयो, साहसपूर्ण ढंगले मैले टीका लगाएँ,' उनले खपाङ्गीलाई भने।
_x000D__x000D_
२०५८ सालमा नेम्वाङले टीका लगाएको भन्दै आक्रोश पोखेका खपाङ्गी २०५९ सालको दसैंमा नेम्वाङको कुरा सुनेर मुस्कुराउँदै हिँडे। 'टीका बहिष्कार गरेको बेला मैले टीका लगाउँदा उनी मुरमुरिएको र राजाको टीका ग्रहण गरेर आएपछि मेरो निधारमा टीका देखेर मुस्कुराएको उनको अनुहार झल्लझली सम्झन्छु,' नेम्वाङ भन्छन्।
_x000D__x000D_
http://nepallive.com/news-details/2438/2017-09-28
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।