एजेन्सी– नेपाल विश्व भोकमरीको सूचीमा ७२औँ स्थानमा परेको छ। ‘वयल्ट लाइभ एन्ड वल्र्ड कन्र्सन’ ले जारी गरेको ‘ग्लोबल हंगर’ को ११९ देशको सूचीमा नेपाल ७२औँ स्थानमा परेको हो।
_x000D__x000D_
कम पौष्टिकता, बाल मृत्युदर, बाल वृद्धि जस्ता मापदण्डका आधारमा सूची तयार पारिएको हो। विश्व भोकमरीको सूचीमा नेपालको स्थान दक्षिण एसियाका अन्य देशकोभन्दा राम्रो रहेको छ। भोकमारीको सूचीमा अफगानिस्तान १०७औँ स्थानमा परेको छ भने पाकिस्तान १०६औँ स्थानमा परेको छ।
_x000D__x000D_
यस्तै भारत १०३औँ स्थानमा परेको छ। बंगलादेश ८६औँ स्थानमा परेको छ भने श्रीलंकाको स्थान नेपालकोभन्दा राम्रो रहेको छ। श्रीलंका ११९ देशमध्ये ६७औँ स्थानमा परेको छ। भारतको यो स्थान उत्तर कोरिया र द्वन्द्वग्रस्त देश इराककोभन्दा पनि तल रहेको छ। इराक सूचीको ७८औँ स्थानमा रहेको छ भने उत्तर कोरिया ९३औँ स्थान रहेको छ।
_x000D__x000D_
भारतको यो स्थान एसियाका भोकमरीग्रस्त देशको तेस्रो स्थान हो। जहाँ पहिलो स्थानमा अफगानिस्तान रहेको छ भने दोस्रो स्थानमा पाकिस्तान रहेको छ।
_x000D__x000D_
विश्व शक्ति राष्ट्रको होडमा रहेको चीन यो सूचीको २५औँ स्थानमा रहेको छ। वयल्ट लाइभ एन्ड वल्र्ड कन्र्सनले जारी गरेको उक्त सूचीमा भोकमरीको स्तर भौगोलिक कारणले फरक पर्ने बताए पनि दक्षिण एसिया र दक्षिण अफ्रिकाको स्तर निकै दयनीय अवस्थामा रहेको देखाएको छ।
_x000D__x000D_
सूचीको शून्य स्थान सबैभन्दा राम्रो मानिएको छ भने सयौँ स्थानलाई ज्यादै नराम्रो मानिएको छ। प्रकाशित सूचीमा दक्षिण एसिया र दक्षिण अफ्रिकामा बाल मृत्युदर, बाल वृद्धिदर र कुपोषणको मात्रा धेरै देखिएको वयल्ट लाइभ एन्ड वल्र्ड कन्र्सनले जारी गरेको प्रतिवेदनमा जनाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।