हिमालभन्दा निर्मल
_x000D_फूलभन्दा पवित्र
_x000D_बिहानी भन्दा कन्चन
_x000D_अनि
_x000D_महासागर भन्दा
_x000D_विशाल आफ्नो छातिभित्र
_x000D_प्रिय सपनाहरुलाई
_x000D_समाधिस्त गरेर
_x000D_आज पनि उस्तै मुस्कुराई बाँचिरहेछन्
_x000D_मंगले बा
_x000D__x000D_
जसरी मुस्कुराएथे
_x000D_बोकेर स्वर्णिम सपना
_x000D_उज्यालोको खोजी गर्दै
_x000D_सहिदको लाममा उभिएको थियो
_x000D_आफ्नै छाया
_x000D_आफ्नै मुटुको टुक्रा
_x000D_आफ्नै प्रिय सन्तान
_x000D_आफ्नै एक्लो छोरो
_x000D__x000D_
आफ्नो बगैँचाबाट
_x000D_मनफूल चुँडिदा पनि
_x000D_बिहान उदाइहेको सूर्य हेरेर मुस्कुरानु
_x000D__x000D_
फेरी
_x000D_बेलुकी अस्ताइरहेको सूर्यलाई हेरेर मुस्कुराउनु
_x000D_रातमा आकाभरि चम्किरहेका तारा हेरेर मुस्कुराउनु
_x000D_पखेराभरि फूलेको गुँरास हेरेर मुस्कुराउनु
_x000D_खोला किनारमा बसेर कलकल सँगै मुस्कुराउनु
_x000D_आँगनमा बसेर छोरी र सयपत्री दाँजेर मुस्कुराउनु
_x000D_र मुस्कुराइरहनु
_x000D__x000D_
कुन पाठशालाबाट सिके होलान्
_x000D_मंगले बा
_x000D_लाग्दोहो मंगले बालाई
_x000D_गुँरास फूल्दा पखेरामा
_x000D_छोराकै रगत सापटी मागेर मुस्कुराइरहेछ गुँरास।
_x000D__x000D_
सयपत्री फूलेर आँगनमा मग्मगाउँदा
_x000D_छोराकै सुवास बोकेर दौडिरहेछ बतास
_x000D__x000D_
यस्तो पनि लाग्दो हो
_x000D_तारा बनेर हेरिरहेछ छोरा आकासबाट
_x000D_आफू जन्मिएको , खेलेको झुपडी र आँगन
_x000D_र आफ्नो अनि बुढी माको खबर बोकेर
_x000D_छोरा भेट्न कुदिरहेछ खोला
_x000D__x000D_
यस्तै विश्वासका रंगहरूले
_x000D_कहिल्यै खुम्चिएन जीवनको आयतन
_x000D_बरु खुम्चिगयो होला गाला र छालाको क्षेत्रफल
_x000D_पट–पटी फुटे पैताला
_x000D_फुटेन कैल्यै मन
_x000D_टुक्राटुक्रा भए होलान्
_x000D_अनिंदा र निस्याला रात
_x000D_कहिल्यै टुक्रिएन आस्थाको
_x000D_झिनो त्यान्द्रो
_x000D__x000D_
आज पनि
_x000D_आँखाभरी नानीभित्र कोरेर
_x000D_सहिद छोराका याद
_x000D_लेखेर मुटुमा उसैको रगतले स्मृतिको इतिहास
_x000D_फोक्सोबाट फेरेर उसैको स्वास
_x000D_बाँचिरहेछन मंगले बा
_x000D_छोरा नबाँचेको आयु
_x000D_र भोगिरहेछन्
_x000D_छोराको रातो रगतसँग साटिएको यो कालो युग
_x000D__x000D_
००
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।