गाईघाट– उदयपुर जिल्लाको त्रियुगा नगरपालिका–७ कौवाइमा आज बिहान मोटरसाइकल दुर्घटना हुँदा मोटरसाइकल चालकको घटनास्थलमा नै मृत्यु भएको छ भने पछाडि बस्ने गम्भीर घाइते भएका छन्।
_x000D__x000D_
उदयपुर गढीको नेपालटारबाट गाईघाट बजारतर्फ आउँदै गरेको स८प ९८०८ नम्बरको मोटरसाइकल उक्त स्थानको कौवाई खोलाको सुकौरा नजिकै काठेपुल तर्न लाग्दा पुलको गोलाइमा अनियन्त्रित भई दुवैजना पुलबाट दश मिटर तल खोलामा खसेका थिए।
_x000D_
_x000D_जिल्ला प्रहरी कार्यालयका अनुसार सो दुर्घटनामा त्रियुगा नगरपालिका–१३ बस्ने वर्ष ४० का दिनेश पौडेलको घटनास्थलमै मृत्यु भएको र मोटरसाइकल पछाडि बस्ने सोही स्थानका वर्ष ४५ का कुलबहादुर थापा घाइते भएका हुन्।
_x000D_
_x000D_घाइते थापालाई अहिले उदयपुर जिल्ला अस्पतालमा ल्याएर प्राथमिक उपचार गरिएको प्रहरीले जनाएको छ।
_x000D__x000D_
रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।