म्याड्रिड– युइएफए नेसन्स लिगमा इंग्ल्यान्डले स्पेनमाथि ऐतिहासिक जित निकालेको छ। समूह ए–४ को खेलमा इंग्ल्यान्डले स्पेनलाई ३–२ गोलले हराएको हो। इंग्ल्यान्डले स्पेनमाथि ३१ वर्षपछि जित निकालेको हो।
_x000D__x000D_
इंग्ल्यान्डले पहिलो हाफैमा ३ गोलको अग्रता लिएको थियो। रहिम स्टर्लिङले १६ मिनेटमा गोल गरेर इंग्ल्यान्डलाई पहिले अग्रता दिलाए। मार्कोसि रास्फोडले २९ मिनेटमा इंग्ल्यान्डको अग्रता दोब्बर पारेका थिए। स्टर्लिङले ३८ मिनेटमा व्यक्तिगत दोस्रो तथा टिमका लागि तेस्रो गोल गरेका थिए।
_x000D__x000D_
स्पेनका अल्कासरले ५८ मिनेटमा गोल गरेर इंग्ल्यान्डको अग्रता ३–१ मा झारे। दोस्रो हाफको इन्जुरी टाइमको सातौं मिनेटमा सर्जियो रामोसले स्पेनका लागि दोस्रो गोल गरेका थिए। तर त्यतिबेला सम्म स्पेनलाई खेलमा फर्कन ढिला भइसकेको थियो।
_x000D__x000D_
इंग्ल्यान्डले पछिल्लो पटक स्पेनलाई सन् १९८७ मा ४–२ ले हराएको थियो। त्यसपछि इंग्ल्यान्डले स्पेनविरुद्ध जित निकाल्न सकेको थिएन। स्पेनले सन् २००३ पछि पहिलो पटक घरेलु मैदानमा हार बेहोरेको हो। सन् २००३ मा ग्रीससँग हारेयता स्पेनले ३८ खेलमा पराजित भएको थिएन। स्पेनले इतिहासमा पहिलो पटक पहिलो हाफमै ३ गोल खाएको हो।
_x000D_
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।