इटहरी– सदाझैं इटहरीको वृद्ध चौतारीमा गफिँदै थिए ९१ वर्षीय नरबहादुर बानियाँ। विगतका दिनमा धार्मिक विषयमा चर्चा हुने गरेको वृद्ध चौतारीमा केही दिनदेखि दसैंका गफले ठाउँ पाउन थालेको छ।
_x000D__x000D_
बानियाँ उक्त बसाइका सबैभन्दा ज्येष्ठ सदस्य हुन्। १० वर्षअगाडि भोजपुरबाट इटहरी आएका उनको मन भने भोजपुरको गाउँमै छ।
_x000D__x000D_
पहिलापहिला एक महिना अगाडिदेखि नै दसैंको दिन गन्ने गरेको उनी सुनाउँछन्। ‘धानका चामलको भात खान पाइने भएकोले दसैं भनेको स्वर्गै जस्तो होला भन्ने लग्थ्यो,’ उनी भन्छन्, ‘खाडीका नयाँ लुगा लगाइन्थ्यो, रोटेपिङको मजा नै बेग्लै थियो।’
_x000D__x000D_
दुर्गा भवानीको पूजा गर्ने, खसी काट्ने, लामो समयपछि आफन्त सँग भेट हुन्थ्यो त्यसैले धेरै आनन्दित हुने गरेको उनको अनुभव छ। अहिलेको सानो परिवारमा कुनै रमाइलोको अनुभूति नै नहुने उनी सुनाउँछन्। भन्छन्, ‘पहिला वर्षभरि दुस्ख गरे पनि दसैंमा धेरै रमाइलो हुन्थ्यो तर अहिले के दसैं के तिहार भएको छ।’
_x000D__x000D_
_x000D__x000D_
अहिले पनि दसैंको माहौलले चोकबजार छपक्कै छोपेको छ। बालबालिकाहरू स्कुल छुट्टीले खेल्न पाइने भयो भनेर पुलकित हुँदै छन्। सहर पसेका जवानहरू धमाधम गाउँ फिर्दछन्। विदेशिएका नेपालीहरू देश फर्कने अन्तिम तयारीमा छन्। हरेक परिवारमा दसैंको अन्तिम तयारी सुरु भएको छ। कतिपय दसैंको खर्च जोहो गर्नमा लागिपरेका छन्। तर पछिल्लो समय महँगिँदै गएको दसैंले धेरैलाई गाँजेको छ।
_x000D__x000D_
हेर्दा ५० का जस्ता देखिने इटहरी ९ का ७० वर्षीया पदमप्रसाद बराल आजकालको दसैँ दसैं जस्तै लाग्न छाडेको सुनाउँछन्। ‘पहिला दसैंको स्वागतमा घरदेखि बाटोसम्म सिँगारिन्थ्यो, ढिकीमा चिउरा कुट्ने, खसी काट्ने र गाउँघरमा रमाइलो गर्ने गरिन्थ्यो,’ उनी भन्छन्, ‘तर अहिले सधैंभर दसैँ जस्तो हुन्छ।’
_x000D__x000D_
बरालको जस्तै अनुभव सुनाउँछन्, इटहरी ७ का ७६ वर्षीया पशुपति कार्की पनि। खोटाङबाट ९ वर्षअघि इटहरी आएका उनी इटहरी आएदेखि दसैँ आए जस्तो लाग्न छाडेको बताउँछन्।
_x000D__x000D_
‘गाउँको त्यो दसैँ सम्झँदा लोभ लागेर आउँछ,’ उनी भन्छन्, ‘तर के गर्नु समय नै यस्तै आयो। यो पापी सहरमा कोही कसैको हुँदैन। आफन्त र छिमेकीको कुनै मूल्य छैन यहाँ।’
_x000D__x000D_
नरबहादुर जस्तै उनी पनि दसैँमा मात्र चामलको भात खान पाउँथे। अहिले सधैँ खाने गरेको मसिना चामको भातले पनि दसैँ बिर्सँदै गएको उनी बताउँछन्। ‘दुर्गापूजा गर्ने र रोटेपिङ खेल्ने चलन कता हरायोरु’ उनी भन्छन्, ‘अहिले त दसैँ लाग्न हुँदैन जाँडरक्सी खाएर मात्नेदेखि होहल्ला गर्नेहरू धेरै हुन्छन्। घरबाहिर हिँड्नै डरमर्दो अवस्था छ।’
_x000D__x000D_
वृद्धहरूले आआफ्नो अनुभव सुनाइरहँदा नजिकैको अर्को चौतारीमा वृद्धाहरूको अर्को समूह देखिन्थ्यो। त्यहाँ पनि दसैंकै गफ चल्दै थियो।
_x000D__x000D_
७० वर्षीया तुलसा तिम्सिना यो दसैँ त के दसैँ भन्नु हामीले सानामा मनाए जस्तो पो हो त दसैँ भन्दै थिइन्। ढिकीमा चिउरा कुटिन्थ्यो, रोटेपिङ खेलिन्थ्यो, वर्ष दिनमा माइत जान पाइन्थ्यो, उनी भन्छिन्, तर के गर्नु पुरानो सम्झिएर रुनुभन्दा नयाँ छोराबुहारीसँग रमाइलो गर्नु नै बेस होला।
_x000D_
_x000D_बडादसैँ अर्थात् नेपालीहरूको महान् चाड। हिन्दु धर्मावलम्बीहरूले मात्र नभएर अरु धर्मावलम्बी पनि दसैंमा रमाउँछन् आफ्नै तरिकाले। धार्मिक, सामाजिक तथा सांस्कृतिक मेरुदण्डको रूपमा रहेको यस पर्वले हरेक नेपालीको माझ बन्धुत्वको भावना जागृत गराउने विश्वास गरिन्छ।
_x000D__x000D_
इटहरी ४ निवासी ६९ वर्षीया हर्कबहादुर बरालको भने फरक धारणा छ। समाज परिवर्तनशील भएकोले त्यससँगै संस्कार र चालचलन पनि परिवर्तन हुने उनको बुझाइ छ। पहिला आफूले कसरी दसैँ मनाइयो भनेर सम्झिनुभन्दा पनि अहिलेको पुस्ताले जसरी मनाउँछ आफूले पनि त्यसरी नै मनाउनुपर्ने उनको भनाइ छ।
_x000D__x000D_
_x000D__x000D_
वृद्ध चौतारीमा भेटिएका हरेक वृद्धको एउटै अनुभव छ। उनीहरू अहिलेको चाडपर्वप्रति सन्तुष्ट छैनन्। पहिलेको दसैं सम्झँदै उनीहरू खुसी साटासाट गर्छन्। पहिलेको स्मृतिमा मनै रमाउँछ। अहिलेको दसैंमा त उही बनावटी खुसी मात्रै।
_x000D_
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।