विस्तारै विस्तारै
_x000D_निस्कँदैछ अब आफ्नै लवज
_x000D_इतिहासले कोमामा पठाएका जिब्राहरूबाट
_x000D__x000D_
कोरिँदैछ फेरि
_x000D_कतै गुमनाम– आफ्नै सभ्यताका धर्साहरू
_x000D_क्रुर शासकहरूले काटेर फ्याँकेका आैंलाहरूबाट
_x000D__x000D_
यसरी उठ्दैछन् पाइतालाहरू
_x000D_कि अब पुरापुरा चुक्ता गरी छाड्ने छन्
_x000D_सदियौँदेखि नमिलेका बाँकी हिसाबहरू
_x000D__x000D_
उभ्याएर असंख्य प्रश्न
_x000D_यो समयको आँखाअघि
_x000D_बिउझिँदैछ चेतनाको एउटा डरलाग्दो हुरी
_x000D__x000D_
कि को थियो त्यो
_x000D_जसले मेरो भाषाको इतिहास च्यात्न
_x000D_मेरा जिब्राहरुलाई कोमामा पुर्यायो
_x000D_र को थियो त्यो
_x000D_जसले मैले लेख्ने व्यञ्जनहरू मेटाउन
_x000D_मेरा औँलाहरू नै काटेर भुर्इँमा फ्याँकिदियो
_x000D__x000D_
जवाफ मात्र हैन अब
_x000D_प्राप्ति चाहिन्छ मलाई मेरै स्वतन्त्रताको
_x000D_सम्झौता हैन पूरा पालना चाहिन्छ कानुनको
_x000D__x000D_
कि कसका थिए ती कुर्कुच्चाहरू?
_x000D_जसले बारबार कुल्चेर हिँड्यो मेरो धर्मको गीत
_x000D_कसका थिए ती आँखाहरू?
_x000D_जसले बारबार जन्माइरह्यो मेरो बस्तीमा घृणाको कथा
_x000D_र कसका थिए ती हत्केला?
_x000D_जसले बारबार निमोठेर भाग्यो
_x000D_मेरा भुम्या र हुर्राहरूको सपना
_x000D__x000D_
बिउँझिएर विचारको त्यो लाटो मस्तिष्क
_x000D_अब आगो भैसकेको छ विद्रोहको
_x000D__x000D_
कि मेरो पाइतालाहरू उक्लिनै नसक्नेगरी
_x000D_बनाएको शासकको त्यो अग्लो पर्खाल नागेर
_x000D_भेट्न जानु छ इतिहासको मालिकलाई
_x000D_र फिर्ता ल्याउनु छ
_x000D_खोसिएको आफ्नो भागको आफ्नै इतिहास।
_x000D__x000D_
००
_x000D_
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।