इलाम– एक गैरसरकारी संस्थाको पैसा लुटपाट गरेको आरोपमा प्रहरीले इलामको रोङ गाउँपालिका ६ का ३९ वर्षीय शिवकुमार राईलाई पक्राउ गरेको छ।
_x000D__x000D_
राईले जौवारीस्थित जीवन विकास समाज संस्थाको ७० हजार नगद र १ थान मोबाइल लुटेको जनाइएको छ।
_x000D__x000D_
संस्थामा संकलन भएको पैसा लिएर झापातर्फ जाँदै गरेका कर्मचारी सरोज भुजेलको साथमा रहेको नगद र मोबाइल लुटेको प्रहरीको भनाइ छ।
_x000D__x000D_
राईलाई घरबाटै पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय पशुपतिनगरले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।