काठमाडौं– दसैंको चटारोले आम मानिसलाई छपक्के छोपेको छ। दसैंको बेला केही लामो बिदा हुने भएकाले धेरैले यो बिदा कसरी सुदपयोग गर्ने भनेर योजना पनि बनाएका हुन्छन्। गायिका, रेडियो नेपालकी कार्यक्रम प्रस्तोता हुँदै आफूलाई सांसदको भूमिकामा बदलेकी कोमल वलीको पनि यस वर्षको दसैंमा गर्ने कामको सूची तयार भएर बसेको छ। सांसद बन्नुअघि दसैंताका प्रायः जसो विदेश टुरमै हुने कोमल यसपालि भने स्वदेशमै रहनेछिन्।
_x000D__x000D_
सामान्यतया, अरुले मनाउने दसैंभन्दा कोमलको दसैं पनि फरक हुँदैन। गतवर्ष दसैंका बेला युरोपका तीन देशमा नेपाली समुदायले आयोजना गरेका कार्यक्रममा धुम मच्चाएकी कोमल वलीको यो दसैंको केही सयम विगतको जस्तो सांगीतिक मात्र होइन राजनीतिक पनि बन्ने भएको छ। सांसद भइसकेपछिको उनको पहिलो दसैं हो यो वर्ष।
_x000D__x000D_
दसैंको टीका काठमाडौंमा लगाएपनि जन्मघर दाङमा केही दिन बस्ने र काठमाडौं फर्किने योजना कोमलको छ। आमालाई अलि सञ्चो नभएको र परिवारका अधिकांश सदस्य काठमाडौंमै भएकाले टीकापछिको केही अवधि भने दाङमा बित्ने भएको छ।
_x000D__x000D_
देशका सबैजसो ठाउँमा घुमिसकेको र बाहिर घुम्न जाने योजना पनि नबनाएको उनले बताइन्। घुम्न नगए पनि दसैं बिदामा मज्जाले पढ्ने योजना बुनेकी छन् उनले। यसका लागि आधा दर्जनभन्दा बढी पुस्तक पनि किनिसकेकी छन्।
_x000D__x000D_
पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीको ‘न्याय’, पूर्व अमेरिकी राष्ट्रपति बाराक ओबामाको ‘ड्रिम्स फ्रम माई फादर’, भारतीय पूर्व राष्ट्रपति प्रणव मुखर्जीको ‘द कोलिसन इयर्स’, चैतन्य मिश्रको ‘पुँजीवाद र नेपाल’, केशव दाहालको ‘नेपाली राजनीतिको पुनर्गठन’लगायत पुस्तक दसैंसँगै वलीको कोठाभित्र प्रवेश गरिसकेका छन्।
_x000D__x000D_
कानुन, नियमावली र नयाँ विधेयकसम्बन्धी थुप्रै अध्ययन गर्नुपर्ने अनिवार्यता पनि आफूसामु भएको कोमलले सुनाइन्।
_x000D__x000D_
‘विगतमा अलिअलि अध्ययन गरेपनि यति धेरै पढ्नैपर्छ भन्ने लाग्दैन्थ्यो। तर, अहिले राजनीतिमा लागेदेखि पढ्नैपर्ने बाध्यता छ। ज्ञानको दायरा फराकिलो बनाउनैपर्छ भन्ने लागेको छ,’ कोमल भन्छिन्, ‘अब पढ्नुपर्छ भन्ने लागेर दसैंको समयलाई अध्ययनमै बिताउने योजना छ।’
_x000D__x000D_
अध्ययनमार्फत नेपालको राजनीति, अन्तर्राष्ट्रिय राजनीति र विश्व समुदायसँग राम्रैसँग परिचित हुन कोमलले किताबको सहारा लिन लागेको बताइन्।
_x000D__x000D_
विगतमा गीतकै कारण कहिले विवाद त कहिले चर्चामा आइरहने कोमलले यसपाली भने दसैंको गीत निकाल्न फुर्सद नपाएको बताइन्। कोमलका फ्यानले ‘आयो आयो दसैं आयो, सबैको मनमा खुसी छायो’ पुरानै गीतमा चित्त बुझाउनुपर्ने भएको छ। संसद र समितिको काम कारबाहीका कारण दसैंमा नयाँ गीत ल्याउन नसकिएको ओलीले बताइन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।