बैतडी– कैलालीको अत्तरीयाबाट दार्चुलाको गोकुलेश्वरकालागी छुटेको ना ५ ख ८११७ नम्बरको बस बैतडीको डिलासैनी गाउँपालिकाको सिरसैन बंगाबगरमा दुर्घटना भएको छ।
_x000D__x000D_
सोमबार अत्तरीयाबाट छुटेको बस मंगलबार बिहान साढे ४ बजे बंगाबगरमा दुर्घटना हुदा बसमा सवार ९ जना यात्रु घाइते भएका छन्।
_x000D__x000D_
घाइतेमध्ये ७ जना सामान्य घाइते रहेको र २ जनाको अवस्था गम्भीर रहेको इलाका प्रहरी कार्यालय गोकुलेश्वरले जनाएको छ। घाइते सबैको गोकुलेश्वर अस्पताल दार्चुलामा उपचार भइरहेको छ।
_x000D__x000D_
बढी घाइते हुनेमा शैल्य सिखर नगरपालीका वडा नम्बर ४ का २३ बर्षिय गिता ठगुन्ना र शैल्यसिखर ४ का १४ बर्षिय सुनिता ठगुन्ना रहेको ईलाका प्रहरी कार्यालय गोकुलेश्वरका प्रहरी निरिक्षक दीर्घ बहादुर बोगटीले जानकारी दिए।
_x000D__x000D_
बसमा सवार १५ जना यात्रु सामान्य उपचारपछि फर फर्कीएका छन्। बस दुर्घटनाको कारण खुलिनसकेको प्रहरीले जनाएको छ।
_x000D__x000D_
अनुसन्धानकालागी बस सहित बसका चालक बेलौरी नगरपालिका ९ का ३९ बर्षिय धन सिह ठगुन्ना प्रहरी नियन्त्रणमा रहेका छन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।