वैतडी– वैतडीको डिलाशैनी–६ बांगाबगरमा बस दुर्घटना हुँदा ५ जना घाइते भएका छन्।
_x000D__x000D_
घाइते हुनेहरुमा सिगास गाउँपालिका ९ का ३ वर्षीय हार्दिक चन्द, दार्चुला शैल्यशिखरका २३ वर्षीया गिता ठगुन्ना, १४ वर्षीया सुनिता ठगुन्ना, ६ वर्षीय युवराज जोशी र २७ वर्षीय धर्मानन्द जोशी रहेका छन।
_x000D__x000D_
घाइते सबैको गोकुलेश्वर अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक कान्तिराज जोशीले जानकारी दिए।
_x000D__x000D_
अत्तरियाबाट गन्नाका लागी छुटेको पवनदुत यातायातको ना ५ ख ८११७ नं को बस बिहान ५ बजे एक्कासी बांगाबगरमा सडकमा पल्टेको हो।
_x000D__x000D_
चालकलाई प्रहरीले नियन्त्रणमा छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।