काठमाडाैं– एनेस्थेसिया भन्ने शब्द आममानिसले बिरलै सुनेका होलान्। एनेस्थेसियालाई चिकित्सा विधामा नै ठ्याक्क कसरी बुझ्ने भनेर धेरैलाई अन्यौल हुन सक्छ । त्यसैले हाम्रो गाउँघर, समाज, बिरामी, आफन्तले बुझ्ने भाषामा एनेस्थेसियाको महत्व, आवश्यकता र खतराबारे केही जान्न जरुरी छ। खासगरी शल्यक्रिया गराउन तयार रहेका बिरामी वा उसको आफन्तले यसबारे जानकारी राख्दा सहयोग पुग्नेछ ।
_x000D__x000D_
१७औँ शताब्दीको मध्यतिर शल्यक्रियाको अवधारणा आएको हो। तर त्यसबेला एनेस्थेसियाबारे कुनै खोज नै भएको थिएन। पहिला–पहिला गाँजा, भाङ, धतुरो प्रयोग गरेर लठ्याएर, टाउकोमा हिर्काई बेहोस पारेर क्रुर तरिकाले शल्यक्रिया गरिन्थ्यो।
_x000D__x000D_
१७औँ सताब्दीको अन्त्य र १८औँ शताब्दीको सुरुतिर मानिसलाई बेहोस पर्ने उपायहरुको खोजी भयो। नाकबाट सुँघाउने ग्यासहरु पत्ता लगाएर प्रयोगमा ल्याइयो। त्यसताका शल्यक्रिया गर्दा बिरामी बचाउन सक्ने वा नसक्ने निधो हुँदैन थियो। तर, कसरी बिरामीलाई नहल्लिने, नचल्ने, नदुख्ने बनाउन सकिन्छ र शल्यक्रिया गर्न सकिन्छ भन्नेमै चिकित्सकहरु केन्द्रित हुन्थे।
_x000D__x000D_
१९औँ सताब्दीदेखि एनेस्थेसियाको प्रयोग र विधिमा विकास हुन थाल्यो। युरोप, अमेरिका जस्ता मुलुकमा शल्यक्रिया गर्नुअघि बिरामीलाई बेहोस पार्न यसलाई सुरक्षित ठानिन थाल्यो। ठूला–ठूला शल्यक्रियाहरु सफल हुन थाले।
_x000D__x000D_
एनेस्थेसियाको अर्थ अचेतना वा चेतना शून्य (बेहोस) बनाउने भनेर लगाइन्छ। चिकित्सा विज्ञानमा यसलाई निकै संवेदनशील र चुनौतीपूर्ण मानिन्छ । शल्यक्रिया गर्ने क्रममा मानिसको जुन भागमा रोग लागेको हुन्छ, त्यसलाई चिरेर या काटेर फ्याँक्नुपर्ने हुन्छ।
_x000D__x000D_
त्यस्तो बेला बिरामीलाई हुने पीडा र छटपटि घटाउन बिरामीलाई मस्त निद्रामा सुताइन्छ। हातगोडाका मांशपेसीलाई अचल बनाइन्छ। मुटुको काम जस्ताको त्यस्तै राखिन्छ। स्वाशप्रश्वास मेसिनको सहायताले गराइन्छ। बिरामीको मुटुको चाल, रक्तचाप, अक्सिजनको मात्रा, पिसाबको मात्रा आदिलाई मेसिनको सहायताले लगातार निगरानीमा राखिन्छ।
_x000D__x000D_
शल्यक्रिया पूरा भएपछि अन्य औषधीको प्रयोगले बिरामीलाई होसमा फर्काइन्छ। यही प्रक्रियालाई जनरल एनेस्थेसिया भनिन्छ ।
_x000D__x000D_
शरीरको अंगको शल्यक्रिया अनुसार एनेस्थेसियाको प्रविधि पनि फरक–फरक हुनेगर्छ। बच्चा जन्माउन गरिने शल्यक्रिया, खुट्टाको वा छातिमुनिको शल्यक्रियामा प्रयोग गरिने प्रविधिलाई स्पाइनल एनेस्थेसिया भनिन्छ। साना घाउ, शरीरका डल्लाडल्ली, पिलोहरु चिर्नुपर्ने हुँदा त्यही ठाउँ मात्रै लट्ठ्याउने विधिलाई लोकल एनेस्थेसिया भनिन्छ।
_x000D__x000D_
शल्यक्रियाको कुरा आउनसाथ बिरामीहरु अत्तालिने गर्छन् । शल्यक्रिया नगरी रोग कसरी निको पार्ने होला भन्दै धेरैतिर भौँतारिरहन्छन्। प्रायःको उस्तै भनाइ हुन्छः ‘सहनै नसक्ने गरी दुख्छ। बेहोस पारेको बेला होसमै नआई मरिने हो कि?’
_x000D__x000D_
बिरामीले यस्ता प्रश्न गर्नु असामान्य पनि होइन। तर, २१औं शताब्दीमा विकास भएको चिकित्सा विज्ञानका उपायहरु निकै विश्वासयोग्य छन्। विगत १५–२० वर्ष यता नेपालमा चिकित्सा विज्ञानले ठूलो फड्को मारेसँगै एनेस्थेसिया सम्बन्धी विज्ञ–चिकित्सकसँगै प्रविधिहरु, औषधी, उपकरणहरु उपलब्ध छन्। जसले गर्दा ठूला तथा जटिल शल्यक्रिया पनि नेपालमै सुरक्षित तवरले गर्न सकिएका छन् । र ती सफल पनि भएका छन्। म आफैँ पनि यही विधाको चिकित्सक भएर हेर्दा, विगतको तुलनामा एनेस्थेसिया अहिले धेरै सुरक्षित हुँदै आएको छ।
_x000D__x000D_
एनेस्थेसिया दिएर शल्यक्रिया गराउँदा बिरामीको ज्यान जोखिममा पर्दै पर्दैन भनेर भन्न खोजिएको होइन। तर, एनेस्थेसिया नगरी शल्यक्रिया गर्दा जोखिम बढी हुने चाहिँ पक्का हो। बिरामीलाई शल्यक्रियामा लैजानुअघि एनेस्थेसियाका विज्ञ चिकित्सकले बिरामीलाई पूर्ण जाचँ गर्छन्।
_x000D__x000D_
ब्लड प्रेसर, दम, मधुमेह, मुटुको रोग साथै अन्य दीर्घकालीन रोग भएका बिरामीलाई यस्ता समस्या नभएका बिरामीको तुलनामा जोखिम बढी हुन्छ। तसर्थ यस्ता जोखिम घटाउन ब्लडप्रेसर, दम, मधुमेह जस्ता रोगलाई औषधिको प्रयोगले सामान्य अवस्थामा ल्याएपछि रगतमा चिनी को मात्रा, दम, धम्की जस्ता रोगलाई औषधीहरुको प्रयोगले सामान्य अवस्थामा ल्याएपछि मात्र शल्यक्रियाका लागि बेहोस पार्दा जोखिम न्यून पार्न सकिन्छ।
_x000D__x000D_
त्यसैले अगाडिदेखि नै शरीरमा विभिन्न रोग बोकेका मानिसलाई कुनै शल्यक्रिया गर्नु पर्नेछ भने केही दिन वा केही हप्तापछि गर्दा राम्रो हुन्छ भनेरै शल्यक्रियाको मिति सारिएको पनि हुन्छ।
_x000D__x000D_
तर बिरामीको अवस्था निकै नाजुक छ। तत्काल शल्यक्रिया नगरी हुँदैन भने त्यस्तो संवेदनशील अवस्थामा एनेस्थेसिया दिएर शल्यक्रिया गर्नुपर्ने भएमा बिरामीको ज्यान तलमाथि पर्न सक्छ।
_x000D_सबै कुरा बुझेर शल्यक्रियामा जाने बिरामीको आत्मबल पनि बढेको हुन्छ र स्वास्थ्य स्थिति बुझेर योजनासहित शल्यक्रिया गर्दा खतरा पनि कम हुन्छ।
_x000D__x000D_
(डा. रेग्मी चितवन मेडिकल कलेजमा एनेस्थेसिया विभागको सह–प्राध्यापक हुन्)
_x000D__x000D_
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।