काठमाडौं- दसैंको उल्लास सुरु भइसकेको छ। बुधबार विजयादशमीको सातौं दिन अर्थात् फूलपाती हो। साथै, देशभरका विभिन्न शक्तिपीठ र दशैं घरमा फूलपाती भित्र्याइँदैछ।
_x000D_आज पूजाकोठामा फूलपाती स्वरूप केरा, दाडिम, धान, हलेदो, मानवृक्ष, कवि, बेल, अशोक र जयन्ती नामका नवपत्रलाई भित्र्याउँने प्रचलन छ।
_x000D__x000D_
नौ पातमा पुस्तक, कापी, कलम, मसीदानी लगायतका विद्यार्थीसँग सम्बन्धित वस्तुहरुको पनि पूजा गर्ने प्रचलन छ।
_x000D__x000D_
ब्रामायणी, रक्तदन्तिका, लक्ष्मी, दुर्गा, चामुण्डा, कालिका, शिवा, शोकहारिणी र कात्तिकी देवीलाई आहृवान गरेर पूजा गरिने भएकाले फूलपातीलाई नवपत्रिकाको नामले पनि चिनिन्छ।
_x000D_यसैगरी, हनुमानढोका दरबारको दसैँघरमा गोरखा जिल्लाबाट ल्याइएको फूलपाती भित्र्याउने परम्परा छ।
_x000D__x000D_
गोरखादेखि धादिङ जिल्लाको जीवनपुरसम्म दसैँघरका पूजारीसहित मगर जातिका छ जनाले ल्याउने र धादिङ जिल्लाको जीवनपुरदेखि काठमाडौँको जमलसम्म काठमाडौँबाट गएका ब्राह्मण जातिका छ जनाले ल्याउने परम्परा रहिआएको छ।
_x000D__x000D_
जमलबाट हनुमानढोकासम्म भने निजामती सेवाका उच्चपदस्थ अधिकारी, गुर्जुका पल्टन, ब्यान्डबाजा, पञ्चेबाजा, सिङ्गारिएका कल्स्यौंडी र सांस्कृतिक नाचगानसहितको लावालस्करका साथमा फूलपाती ल्याउने गरिन्छ।
_x000D__x000D_
घटस्थापनादेखि दसैं सुरु भएको मानिने भए पनि चहलपहल र रौनक भने आजैका दिनदेखि सुरु हुने गर्छ।
_x000D__x000D_
फूलपातीका दिन दुर्गामाताको स्वरुप कालरात्रीको पूजा आराधाना गरी र दशैंघरमा फूलपाती भित्र्याई मनाउने गरिन्छ। फूलपातीको फूजा कसरी गर्ने भन्नेबारे पञ्चांग निर्णायक समितिका पूर्व अध्यक्ष डा माधव भट्टराई यसो भन्छन्:
_x000D__x000D_
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।