काठमाडौं–परिवारका सदस्य एकै ठाउँ जम्मा हुने, टीका लगाउने, खसी काट्ने, साथीभाइ भेटघाट गर्ने, पिङ खेल्ने, रमाइलो गर्ने। अक्सर नेपालीको दसैं यसैगरी बित्छ।
_x000D_तर एक साधारण मान्छेभन्दा फरक गोलघरभित्र बसेका, कारागारको चौघेराबाट बाहिर निस्कन नसकेका कैदीले कसरी मनाउलान् दसैं?
_x000D__x000D_
पक्कै पनि धेरैलाई लाग्दो हो, कारागारभित्र अन्य दिनको दैनिकी जस्तैगरी कैदीको दसैं बित्ला। आफन्त नजिक हुनेका आएर टीका लगाइदेलान्। दुई÷चार चोक्टा मासु खालान्।
_x000D_तर यतिमै मात्र सीमित छैन कैदीको दसैं। साधारण मानिसले मनाउने भन्दा कुनै कम छैन कैदीको दसैं। ‘समाजमा भएका सबैखाले मान्छे यही कारागारमा छन्। समाजमा हुने सबैखाले रमाइलो छ,’ केन्द्रीय कारागार जगन्नाथदेवलका जेलर वेदनिधि अधिकारीले सुनाए, ‘तपाईं हाम्रोभन्दा रमाइलो हुन्छ कैदीको दसैं।’
_x000D__x000D_
दसैंमा साधारण मानिसले टीका लगाएजस्तै कैदीका आफन्त आएर टीका लगाइदिने गर्छन्।टाढा भएकाहरुको पनि कैदीका साथीका आफन्तले टीका लगाउँछन्। ‘टीकाको दिन बिहानैदेखि कारागारबाहिर लामो लाइन हुन्छ। आफन्त आएका छन् भन्ने खबर आएपछि पुलिसले माइकिङ गरेर बोलाउँछ,’ जेलर अधिकारीले भने, ‘आफन्तले टीका लगाइदिन्छन्। एकछिन गफगाफ गर्छन्, खानेकुरा दिन्छन्, फर्किन्छन्।’ आफन्तको हातबाट टीका थाप्न नपाएकाहरुले एकअर्कालाई टीका लगाउने पनि गर्छन्।
_x000D__x000D_
यतिमात्रै होइन, दसैंमा मासुको जोहो पनि कैदी आफैंले गर्छन्।कारागारले उपलब्ध गराउने दसैं खर्चबापतको ३ सय रुपैयाँले उनीहरुलाई छोप पनि पुग्दैन। दसैंका लागि भनेर कैदीहरुले रकम समेत उठाउन थालेका छन्। ‘हरेक वर्ष १५ सय, २ हजारका दरले रकम उठाउँछन्। तपाइँहाम्रो घरकोभन्दा ठूलो खसी ढाल्छन्। कैदीको दसैं चानचुन हुन्छ र ओहो...!’ उत्सुक हुँदै कैदीको दसैंको बारेमा जानकारी गराए केन्द्रीय कारागारका लेखापाल कुलप्रसाद रेग्मीले।
_x000D__x000D_
दसैंमा मात्रै होइन, अघिपछिका चाडपर्वमा पनि कैदीले चाडपर्वका अनुसारकै खानेकुरा किनेर खाँदै आएका छन्।
_x000D__x000D_
फुटबल प्रतियोगितादेखि नाचगानसम्म
_x000D_४४ रोपनी क्षेत्रफल ओगटेको केन्द्रीय कारागारमा अस्पतालदेखि फुटबल, भलिबल मैदान, स्कुल–कलेज, जिम हलसम्म भित्रै छ। कारागारको चौधेराभित्र कैदीहरुको घुमाघम गर्दै खेल्दै रमाइलो गर्दै दैनिकी बित्छ। अझ दसैंको बेला त कारागारभित्रै विशेष कार्यक्रमसमेत आयोज गरिन्छ।
_x000D__x000D_
अघिल्ला वर्षको दसैंमा जस्तै यस वर्षको दसैंमा पनि कैदीहरुले फुटबल प्रतियोगिता आयोजना गरेका छन्। ‘कैदीको अहिले फुटबल चलिरहेको छ। राष्ट्रियस्तरका सरहका खेलाडी छन्। अनुशासन पनि त्यस्तै छ,’ जेलर अधिकारीले भने।
_x000D__x000D_
फुटबल प्रतियोगितामा पुरस्कारसमेत व्यवस्था गरिएको छ। कैदीहरु आफैं रकम उठाएर पुरस्कारको व्यवस्था गर्ने गरेका छन्। भद्र बन्दीगृहका फुटबल टिमको कप्तान ३८ सय क्विन्टल सुन तस्करका अभियुक्त भुजुङ गुरुङ रहेको कारागार स्रोतले जानकारी दियो।
_x000D__x000D_
कारागार भित्रका राम्रो फुटबल खेलाडीको सूचीमा अग्रस्थानमा उनै गुरुङ गनिन्छन्। फुटबल खेलमा झगडा हुनसक्ने भन्दै प्रतियोगिताभर प्रहरीले सुरक्षासमेत दिने गरेको छ।
_x000D__x000D_
त्यस्तै अन्य कार्यक्रमको समेत आयोजना हुने गरेको छ। कैदीहरु आ–आफ्नो कला पनि प्रस्तुत गर्छन्। नाचगानदेखि कथा–कविताभन्नेसम्मका कार्यक्रम हुने गरेको कारागार स्रोतले जानकारी दियो। तिहारमा कारागारभित्र देउसी–भैलो पनि हुँदै आएको छ ।
_x000D__x000D_
स्वयंसेवकको बिरामी स्याहार्दै बित्छ दसैं
_x000D_अन्य कैदीहरु नाचगान, रमाइलोमा भुलिरहेका बेला स्वयंसेवक कैदीको भने बिरामी स्याहार्दै दसैं बित्ने गरेको छ। नाइके चौकीदार बन्ने आशामा कैदीको सेवा गरेका स्वयंसेवक कैदीहरु अघिपछि जस्तै चाडपर्वको बेला पनि बिरामी स्याहार्न व्यस्त हुन्छन्।
_x000D__x000D_
केन्द्रीय कारागारमा ३० शय्याको अस्पताल छ। अस्पतालका बिरामीको कपडा धुने, नुहाइदिने, कुचो लगाउनेसम्मका काम स्वयंसेवक कैदीले गर्नुपर्ने हुन्छ। स्वयंसेवकको रुपमा राम्रो काम गरेपछि सहनाइके, नाइके र चौकीदारसम्म हुन सक्छन्।
_x000D__x000D_
चौकीदार नाइके भएपछि एक वर्ष बराबर डेढ महिना, एक महिनाका दरले कैद मिनाहामा हुने भएकाले कैदीहरु स्वयंसेवक बन्ने गरेका छन्। स्वयंसेवकले अन्य कैदीको स्याहार गर्नुपर्ने हुन्छ। जसकारण अन्य कैदीहरुसरह उनीहरुको फुर्सद नहुने भएकाले रमाइलो गर्ने समय हुँदैन।
_x000D__x000D_
राम्रो अनुशासन देखाएको कैदीलाई स्वयंसेवकाको रुपमा राखिन्छ। स्वयंसेवक पनि राम्रो अनुसाशन देखाएर राम्रो काम गरेपछि सहनाइके पदमा बढुवा गरिन्छ।
_x000D__x000D_
सहनाइके भएपछि नाइकेमा प्रमोसन हुने पालो आउँछ। त्यसका लागि नाइके पद पनि खाली हुनुपर्छ। नाइके बैदारमा प्रमोसन हुन्छ। बैदार चौकीदारमा प्रमोसन हुन्छ। सहनाइकेले१ वर्ष त्यसरी काम गरेबापत १ महिनाको कैद मिनाहा हुन्छ।
_x000D__x000D_
नाइकेको १ वर्षमा डेढ महिना कैद मिनाहा पाउँछन्। चौकीदारले २ महिना छुट पाउँछन्।
_x000D_
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।