काठमाडाैं– दसैंमा मिटरमा सञ्चालन नहुने तथा अनियमित भाडा लिने ट्याक्सीहरू कारबाहीमा पर्ने भएका छन्।
_x000D__x000D_
सोमबार प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयका सचिव केदार बहादुर अधिकारको संयोजकत्वमा बसेको बैठकले लामो दूरी तथा काठमाडौं उपत्यकामा रहेका सार्वजनिक सवारीलाई व्यवस्थित बनाउन उक्त निर्णय गरेको हो।
_x000D__x000D_
निर्णयअनुसार ट्याक्सीले अनावश्यक भाडा असुल गरेमा तथा मिटरमा सञ्चालन नगरेमा कारबाही हुने बताइएको छ।
_x000D__x000D_
त्यसैगरी लामोदूरीमा सञ्चालन हुने सार्वजनिक सवारीले अनिवार्य रुपमा फोहर संकलन गर्ने टिनको व्यवस्था गर्ने र तोकिएको स्थानमामात्र फोहर फ्याँक्नुपर्ने जनाइएको छ।
_x000D__x000D_
काठमाडौं उपत्यकामा निर्धारित ठाउँमा मात्र यात्रु चढ्न र ओराल्न पूर्वतयारीको काम गर्न यातयात व्यवस्था विभागलाई निर्देशन बैठकले दिने निर्णय गरेको छ।
_x000D_
_x000D__x000D_
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।