बागलुङमा कैदीबन्दीलाई च्यांग्रा वितरण

नेपाल लाइभ

Nepal Live

बलेवा– दसैंका अवसरमा बागलुङ उद्योग वाणिज्य संघले जिल्ला कारागारमा रहेका कैदीबन्दीलाई  च्यांग्रा र चिउरा वितरण गरेको छ। 

यस वर्ष पनि संघले कैदीबन्दीलाई दसैंको अनुभूति दिलाउन सो सहयोग गरेको संघकाका अध्यक्ष जयराम भारीले बताए।

प्रजिअ वेदप्रसाद खरेल, जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक दीपक रेग्मी र अध्यक्ष भारीले बन्दी नाइके सूर्य नेपालीलाई ती वस्तु हस्तान्तरण गरेका  थिए। रासस

प्राप्त प्रतिकृयाहरू

पढ्नै पर्ने