इपियस प्रणाली खारेज गरी डब्लुपिएस लागू गर्न माग गर्दै सिओलमा प्रदर्शन

 शिव भुसाल

Nepal Live

काठमाडाैं– हाल कायम इपियस प्रणाली खारेज गरी डब्लुपिएस लागू गर्न माग गर्दै कोरियाको राजधानी सिओलमा आइतबार बृहत प्रदर्शन गरिएको छ।

कोरिया सरकारले दक्षिण एसियाली देशहरुहरुसँग सम्झौता गरेर सन २००४ देखि लागू भएको इपियस प्रणाली दोषपूर्ण रहेको भन्दै यहाँ कार्यरत विदेशी मजदुरले प्रदर्शन गरेका हुन्। 

प्रवासी मजदुर संगठन ‘एम टियु’ र कोरियाको प्रजातान्त्रिक मजदुर संगठन‘केसिटियु’ ले अगुवाइ गरेको र्‍यालीमा ‘हामी मेसिन होइन मानव हौँ, हामी मानव अधिकार चाहन्छौँ, डब्लु पिएस लागू गर’ लेखिएका प्लेकार्ड बोकेर हजारौँ मजदूर सडकमा ओर्लिएका थिए। 

इपियस प्रणालीका कारण विदेशी श्रमिकले स्वतन्त्र रुपमा काम परिवर्तन गर्न नपाउने र सम्पूर्ण अधिकार साहुलाई मात्र प्रदान गरिएकाले यसको खारेजीको माग गरिएको एमटियुका अध्यक्ष उदय राईले बताए। डब्लुपिएस प्रणाली लागू भएमा विदेशी श्रमिकले स्वतन्त्र रुपमा काम परिवर्तन गर्न पाउने र इपियस प्रणालीमा जस्तो सीमित करार अवधि नरहने उनको भनाइ छ। 

इपियस प्रणलीका कारण कोरिया सरकारले विदेशी कामदारको परिक्षण अवधिलाई पनि  तीन महिनाबाट बढाएर ३ वर्षमा पुर्‍याउने तयारी गरेको भन्दै अब डब्लुपियस अपरिहार्य रहेको राईले बताए।

प्रवासी मजदुर संगठनका महासचिव मधुसुधन ओझाले तत्काल डब्लुपिएस लागू नभए पनि कम्पनी मालिकहरुले प्रवासी श्रमिकको तलब घटाउन गरिरहेको मागको विरोध गर्न, खानेबस्ने खर्च सम्बन्धी निर्देशिका खारेज गर्नुपर्ने, मजदुरलाई भेदभाव गर्ने मजदुर कानुनको धारा ६३ खारेज गर्नुपर्ने, धरपकट बन्द गर्नुपर्ने, प्रवासी महिला श्रमिकमाथि हुने यौन दुर्व्यवहार र भेदभावको अन्त्य हुनुपर्ने, ३ वर्ष पछिको वोनस भिषा कम्पनी मालिकको अनुमतिबिना पनि थप गर्न पाउनुपर्ने, ४० वर्ष भन्दा बढी उमेरको श्रमिकले पनि इपिएसमा काम गर्न पाउनु पर्ने, कृषि क्षेत्रको श्रमिक उत्पादन क्षेत्रमा जना पाउनुपर्ने, इपिएसको श्रमिकले थेजिकगुम कोरियामै पाउनुपर्ने लगायतको माग राख्दै उक्त र्‍यालीको आह्वान गरिएको बताए। 

यस्तै कोरियन प्रजातान्त्रिक मजदुर महासंघ( केसिटियु)का अध्यक्ष किम म्यंग ह्वानले श्रमिकलाइ दास बनाउन नपाइने भन्दै तत्काल डब्लुपीएस लागू गर्न कोरिया सरकारसँग आग्रह गरे। र्‍यालीले राष्ट्रपति भवन अगाडिसम्म मार्चपास गरेको थियो। 
 

प्राप्त प्रतिकृयाहरू

joshi prithibi raj
I support it.

तपाईको प्रतिक्रिया

यसमा तपाइको मत


सम्बन्धित समाचार