बनेपा–बिपी राजमार्गअन्तर्गत रोशी गाउँपालिका–११ कालढुङ्गामा आज बिहान भएको सवारी दुर्घटनामा श्रीमान श्रीमतीको मुत्यु भएको प्रहरीले जनाएको छ।
_x000D__x000D_
काठमाडौंबाट पूर्वतर्फ गइरहेको बा७५प १९४९ नम्बरकाे स्कुटर र विपरीत दिशाबाट आइरहेको बि आर ३२ जे ३४७५ नं को स्कार्पियो एकापसमा ठोक्किँदा घाइते भएका स्कुटर चालक दोलखा जिल्ला सैलुङ गाउँपलिका–७ बस्ने ३५ वर्षीय सोनाम लामाको धुलिखेल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ।
_x000D__x000D_
उनकाे श्रीमती ३० वर्षीया बिमला लामाको काठमाडौँस्थित नर्भिक अस्पतालमा उपचारका क्रममा मुत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दीपक गिरीले बताए।
_x000D__x000D_
प्रहरी नायब उपरीक्षक गिरीका अनुसार सो स्कुटरमा सवार रहेका लामाको १२ वर्षीय छोरा मनिषको नर्भिक अस्पतालमा उपचार भइरहेको र उनको अवस्था गम्भीर रहेको छ।
_x000D__x000D_
प्रहरी नायब उपरीक्षक गिरीका अनुसार स्कार्पियो इलाका प्रहरी कार्यालय मंगलटारको नियन्त्रणमा रहेको छ। घटना घटेपछि आक्रोसित भीडले हातपात गरेका कारण चालक जनकपुर उपमहानगरपालिका–४ का विक्रु ठाकुर सामान्य घाइते भएका छन्। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।