डडेल्धुरा– डडेल्धुरा जिल्लाको गन्यापधुरा गाउँपालिका–१ जर्मनागाउँका धनबहादुर महतालाई हात्तीपाइले रोग लागेको ३५ वर्ष भयो। धनबहादुर मात्रै होइन पछिल्लो समय उनका परिवारका अन्य ३ जनालाई पनि हात्तीपाइले रोग लागेपछि उपचार अभावले घरमै थलिएका छन्।
_x000D__x000D_
घरका ४ जनामा हात्तीपाइले रोगको संक्रमण भएपछि उनीहरूले राम्रो उपचार पाउन सकेका छैनन्। धनबहादुरसहित उनका परिवारमा एक छोरी, दुई छोरामा हात्तीपाइले रोगको संक्रमण देखिएको छ। उनले नजिकै रहेको अस्पतालमा सानो तिनो खर्चमा उपचार गरेपनि राम्रो उपचार नभएको गुनासो गरे।
_x000D__x000D_
बेला बेलामा जेनतेन भारतका विभिन्न अस्पतालमा पटक पटक उपचार गराए पनि ठिक नभएको महताले बताए। करिब १८ वर्षको उमेरमै हात्तीपाइले रोगबाट संक्रमित भएका महताका दुवै छोरा र एक छोरीलाई पनि १२ देखि १६ वर्षको उमेरमा हात्तीपाइले रोग देखा परेको थियो।
_x000D__x000D_
नेपाली कांग्रेस सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा पूख्र्यौली गाउँको वडामै पर्छ धनबहादुरको गाउँ। घरका ४ जनालाई हात्तीपाइले रोगले संक्रमण गरे पनि श्रीमती र बुहारीमा भने रोगले संक्रमण गरेको छैन्। धन बहादुरका बुवा र एक जना भाइलाई पनि हात्तीपाइले रोगको संक्रमण देखिएको थियो।
_x000D__x000D_
रोगकै कारण भाइले आत्महत्या गरेका थिए। आर्थिक अभावले थलिएको परिवारले उपचारमा सम्भव नभएपछि परिवार पाल्नका लागि सहयोगको आग्रह गरेको छ। ‘उपचार सम्भव छैन,’ महताले भने, ‘साँझ बिहान हात मुख जोर्नका लागि पनि समस्या भएको छ।’
_x000D__x000D_
रोग बल्झिएको समयमा दुई महिनासम्म ओछ्यानमै बस्नुपर्ने हुन्छ। घरको कामकाज हुन नसक्दा छाक टार्नका लागि समेत समस्या हुने गरेको उनले बताए।
_x000D__x000D_
जेठो छोरा घरमै भएपनि कान्छो छोरा घर बाहिर बस्ने गरेको उनी बताउँछन्। हालसम्म स्थानीय सरकारले पनि आफूहरूको समस्याका बारेमा कुनै चासो नदिएको उनले दुःखेसो पोखे। गाउँभरी सबैमा महान चाड दसैं तिहारको रौनक छ। सबै रमाइरहेका छन्। उनीहरूलार्ई भने एक छाक टार्न धौ–धौ छ।
_x000D__x000D_
‘खेतबारीको काम गर्न सकिदैँन,’ बनबहादुरका छोरा प्रकाश महताले भने, ‘घरमा आमा र श्रीमतीले मेलोपात गरेर मात्रै आफूहरूलाई एक छाक खानका लागि सम्भव छ। नत्र भोक भोकै बस्नु पर्दथ्यो कि अहिलेसम्म मरिसकिन्थ्यो।’
_x000D__x000D_
देशबाट हात्तीपाइले नियन्त्रण भएको सरकारले घोषणा गरेपनि एकै परिवारका ४ जना सदस्य हात्तीपाइलेबाट थला पर्दा समेत कुनै निकायले उपचारका लागि सहयोग गरेको छैन। दैनिक रोग थप बल्झिने गरेका कारण बाच्न न मर्नु पर्ने अवस्था आइरहेको उनले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।