लहान– सिरहाको धनगढीमाई नगरपालिका–७ मा आज एक किशोरको शव फेला परेको छ।
_x000D__x000D_
घरबाट हराएका धनगढीमाई–११ महुवाडाँडा निवासी १८ वर्षीय विलाश यादवको शव फेला परेको हो।
_x000D__x000D_
बेवारिसे अवस्थामा स्थानीयवासीले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए।
_x000D__x000D_
शवपरीक्षणका लागि रामप्रसाद उमा स्मारक अस्पताल ल्याइएको र घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी नायब उपरीक्षक माधवराज खरेलले जानकारी दिए।
_x000D__x000D_
स्थानीयवासीले किशोरको हत्या गरी फ्याँकिएको हुन सक्ने आशंका गरेका छन्। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।