काठमाडौं– कोटेश्वर बस्ने दोलखाकी सन्जु पोखरेलले घर जाने बसको टिकट काटिसकिन्। दुई छोरा र श्रीमान्सहित उनी फूलपातीका दिन घर जाँदै छिन्। बुधबार असनमा उनी मरमसला र छोराहरूका लागि कपडा किन्दै थिइन्। लामो समयदेखिको स्कुटर किन्ने योजना पनि उनले यो दुैंमा पूरा गरेकी छिन्। नजिकिँदो तिहारमा केही गरगहना पनि जोड्ने योजनामा छिन् उनी।
_x000D__x000D_
‘अन्य समय किनमेलको अवसर खासै जुर्दैन,’ उनी भन्छिन्, ‘चाडबाडमा नयाँ लगाउँ, मिठो खाउँ, केही नयाँ सुरुवात गरौं भन्ने हुने भएकाले पनि हामी प्रायः दसैं÷तिहारमा नै बढी किनमेल गर्छौं।’
_x000D__x000D_
चार वर्षपछि बुबाको मुख देख्न पाउँदा गोरखाका राजन लामिछाने फुरुङ्ग छन्। रोजगारीका सिलसिलामा साउदी अरब रहेका सन्तोष लामिछानेले घर फर्किंदा उनलाई आइफोन ल्याइदिएका छन्। दसैंको किनमेलमै सन्तोषको २ लाखजति सकिसक्यो।
_x000D__x000D_
अहिले दसैंको उमंगले सन्जु र सन्तोषलाईजस्तै अधिकांश नेपालीलाई छोपेको छ। गाउँदेखि सहरसम्म, स–साना पसलदेखि ठूला डिपार्टमेन्ट स्टोरसम्ममा अहिले किनमेलको बहार छ। नुनदेखि सुनसम्मको कारोबार बढेको छ।
_x000D__x000D_
अर्थतन्त्रमा बहार
_x000D_सामाजिक, सांस्कृतिक पक्षलाई अलग्गै राख्दा दसैं अर्थतन्त्रका हिसाबले पनि उत्तिकै महत्वपूर्ण मानिन्छ। अत्यधिक उपभोगले दसैंको आर्थिक गतिविधि उच्च बनाउँछ। रेमिट्यान्स आप्रवाह रआयात पनि असोज र कात्तिक महिनामा अन्य महिनाको तुलनामा उच्च हुन्छ। लत्ताकपडा, माछामासु, विद्युतीय वस्तु, सुनचाँदी, खाद्यान्न, पेय पदार्थ लगायतका विलासिताका वस्तुको खरिद–बिक्री यो समयमा अन्य समयको तुलनामा अत्यधिक हुन्छ।
_x000D__x000D_
दसैंको समयमामात्रै कुल वार्षिक व्यापारमध्ये खाद्यान्नको व्यापार करिब ३० प्रतिशत, अटोमोबाइल्सको व्यापार करिब ४० प्रतिशत र सुनचाँदीको व्यापार ३५ प्रतिशत हुने अनुमान छ।
_x000D__x000D_
पूर्व अर्थसचिव शान्तराज सुवेदीको अनुमानमा दसैं र तिहारमा हुने उपभोगले कुल राष्ट्रिय उपभोगको करिब २५ प्रतिशत हिस्सा ओगट्छ। ‘दसैंमा हुने आर्थिक गतिविधिका सम्बन्धमा हालसम्म कुनै ठोस अध्ययन भएको त देखिँदैन,’ उनी भन्छन्, ‘तर, यी चाड पर्ने समयको आसपासमा आउने रेमिट्यान्स, आयात र मुलुकभित्रको वस्तु र सेवाको कारोबारको हिसाब गर्दा असोज र कात्तिक महिनामा वर्षभरीको करिब चौथाई हिस्सा उपभोग हुने देखिन्छ।’
_x000D__x000D_
_x000D_जनसंख्या प्रवाह
_x000D_मूलतः सांस्कृतिक पर्व भएकाले दसैंमा सहरबाट गाउँतिर जनसंख्याको प्रवाह हुन्छ। सहरकेन्द्रित र सम्भव भएसम्म दसैंमा मानिसहरू गाउँ फर्किन्छन्। अहिले दसैंमा दैनिक १० देखि १२ लाख मानिस काठमाडौं उपत्यकाबाट बाहिरिएकोमहानगरीय ट्राफिक प्रहरीको तथ्यांक छ। दसैंमा २० देखि २५ लाख जनसंख्या काठमाडौंबाट बाहिरिने र सोही संख्या दसैं तथा तिहार मानेर उपत्यका नै भित्रिने प्रहरीको अनुमान छ।
_x000D__x000D_
जनसंख्याको प्रवाहसँगै आर्थिक गतिविधि पनि चलायमान हुन्छ। यसले समग्र अर्थतन्त्रलाई नै सक्रिय बनाउँछ।
_x000D__x000D_
रेमिट्यान्सदेखि वस्तु आयातसम्म
_x000D_हाल३३ लाख भन्दा बढी जनसंख्या वैदेशिक रोजगारीका क्रममा विभिन्न मुलुकमा कार्यरत छन्। दसैंमा आफैं आउन नपाए पनि ठूलो संख्याले परिवारजनको खर्चका लागि ठूलो परिमाणमा रेमिट्यान्स पठाउँछन्। कुल घरपरिवारको करिब ५६ प्रतिशत घरधुरीमा रेमिट्यान्स भित्रिने तथ्यांक विभागको भनाइ छ। वर्षभरि अन्य समयमा आउने भन्दा दोब्बर दरमा दसैंमा रेमिट्यान्स भित्रिन्छ। उक्त रकम मूलतः उपभोगमै खर्च हुने गरेको छ। यसले अर्थतन्त्रको गतिशीलतामा थप बल प्रदान गर्छ।
_x000D__x000D_
मुलुकभित्र उत्पादनको स्थिति कमजोर हुँदा पछिल्ला वर्षमा नेपाल अरु आयातमुखी बन्दै गएको छ। गत आर्थिक वर्ष (आव) २०७४÷७५ मामात्रै नेपालले झन्डै १२ खर्ब रुपैयाँ बराबरको वस्तु आयात गरी ८१ अर्ब रुपैयाँ बराबरको वस्तु निर्यात गरेको भन्सार विभागको तथ्यांक छ।
_x000D__x000D_
उच्च उपभोगका कारण यस्तो आयात मूलतः दसैं र तिहारको समयमा उच्च हुने गर्छ। खासगरी विद्युतीय सामग्री, चौपाया, खाद्य तथा पेय पदार्थ, विलासिताका वस्तुको खपत दसैंको समयमा उच्च हुने गरेको छ।
_x000D__x000D_
पर्यटनदेखि तलब–भत्तासम्मको ऊर्जा
_x000D_अनुकूल मौसमका कारण दसैं र तिहारको समयमा पर्यटकको आगमन अत्यधिक हुन्छ। गत सेप्टेम्बरमामात्रै करिब एक लाख पर्यटक भित्रिएको सरकारी तथ्यांक छ। पर्यटक भित्रिँदा त्यसबाट ठूलो मात्रामा रोजगारी सृजना हुनुका साथै विदेशी मुद्रा सञ्चितिमा पनि प्रभाव पर्छ। पछिल्लो समय फेरिँदो चाडवाड शैलीले आन्तरिक पर्यटनलाई पनि बढावा दिएको छ। नेपालीहरू दसैंको समयमा विभिन्न स्थान घुम्न जाने प्रवृत्ति संस्कृतिकै रुपमा विकसित भएका छ।
_x000D__x000D_
अर्कातिर दसैंमा सरकारले कर्मचारीलाई चाडबाड खर्चका नाममा ठूलो परिमाणमा पेस्की रकम पनि वितरण गर्छ। महालेखा नियन्त्रक कार्यालयका अनुसार सरकारी तलबधारी कर्मचारीले करिब साढे ६ अर्ब रुपैयाँ यो शिर्षकबाट पाउँछन्, नियमित तलब–भत्ताबाहेक। यसबाहेक निजी क्षेत्रबाट योभन्दा ठूलो रकम बजारमा आउँछ। यसले दसैंको उपभोगलाई थप ऊर्जा प्रदान गर्छ।
_x000D_साढे १३ अर्बको नयाँ नोट, ६५ अर्ब बजारमा
_x000D_नेपाल राष्ट्र बैंकका अनुसार यसपटक दसैंमा बैंक भुक्तानी र सटहीका माध्यमबाट ६५ अर्ब रुपैयाँभन्दा बढी रकम बजारमा आउने सम्भावना छ। जसमा सटहीका लागि साढे १३ अर्ब रुपैयाँ र बाँकी भुक्तानीका लागि जानेछ।
_x000D__x000D_
बैंकका मुद्रा व्यवस्थापन विभाग प्रमुख लक्ष्मीप्रपन्न निरौलाका अनुसार बुधबारसम्म ५ देखि एक सय दरका करिब १० अर्ब ७० करोड रुपैयाँ सटहीका लागि गइसकेको छ भने ५ सय र एक हजार दरका ३३ अर्ब रुपैयाँका नोट भुक्तानीका लागि बैंकिङ प्रणालीमा गइसकेको छ।
_x000D__x000D_
५ खर्बको उपभोगमात्रै
_x000D_पूर्व अर्थसचिव सुवेदी असोज र कात्तिकमा करिब साढे ५ खर्बको उपभोग हुने अनुमान गर्छन्। जबकि वार्षिक यस्तो खपत औसत सबा २ खर्ब रुपैयाँ बराबरकोमात्र हुने उनी बताउँछन्। ‘दसैं अर्थतन्त्र मूलतः उपभोगमूखी अर्थतन्त्र हो।’
_x000D__x000D_
केन्द्रीय तथ्यांक विभागघरपरिवार सर्वेक्षणले नेपालीको कुल वार्षिक आयको ७५ प्रतिशत हिस्सा उपभोगमा मात्र खर्च हुने देखाएको छ। त्यसको करिब ५० प्रतिशत हिस्सा दसैं र तिहारमा हुने अनुमान सुवेदीको छ।
_x000D__x000D_
उत्पादन र बचतमा नकारात्मक असर
_x000D_विगतमा दसैंको समयमा १५ दिनसम्म बिदा दिइन्थ्यो। भलै, अहिले यो बिदा अहिले ५ दिनमा सीमित भएको छ। बिदा कम भएपनि दसैं र तिहारको आसपासको अवधिमा उद्योग धन्दा बन्द हुने र विकास निर्माणलगायतका काम प्रभावित हुँदै आएका छन्।
_x000D__x000D_
यसैगरी उपभोगमुखी भएकाले दसैंको समयमा ठूलो परिमाणमा वस्तु आयात हुन्छ। यसले ठूलो मात्रामा रकम बाहिरिन्छ। ठूलो परिमाणमा रेमिट्यान्स आए पनि त्यसको प्रयोग उपभोगमा खर्च हुने हुँदा बचत पनि घटाउँछ। अर्कातिर अत्यधिक उपभोगले वस्तुको मूल्य बढाउन पनि मद्दत पुर्याउने सुवेदी बताउँछन्।
_x000D_
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।