हे ईश्वर !
_x000D_तिम्रो अध्यक्षतामा भइरहेको
_x000D_आँसुको सम्मेलनमा
_x000D_अचानक म हाँस्न पुगेछु
_x000D_मलाई क्षमा गर ईश्वर!
_x000D__x000D_
आज, म यहाँ
_x000D_हाँसोको सम्मेलनमा हाजिर छु
_x000D_तर, यो हाँसोका पछि
_x000D_कति कति आँसुको जंघार पार गरेको छु, ईश्वर !
_x000D__x000D_
म त तिमीमाथि भरोसा राखेर
_x000D_कतै पुगिन्छ कि भनी हिँडिरहकै छु
_x000D_तर, पुग्नुको कुनै आभास छैन
_x000D_हे ईश्वर !
_x000D_यतिखेर म बिल्कुल शून्यमा छु, शून्यमा!
_x000D__x000D_
कतै तिम्रो शक्तिमा पनि
_x000D_अहम्को छायाले
_x000D_प्रेमको वास बिल्कुल छुटेको त होइन !
_x000D__x000D_
हुन त तिमी पनि एक्लो छौ ईश्वर !
_x000D_यसर्थ तिमीले
_x000D_जगत्मा विश्वास साँचेको मान्छेमै
_x000D_अन्तिम भरोसा खोज्यौ
_x000D__x000D_
तर, तिमीले पनि आज
_x000D_शक्ति र प्रेम एक साथ भएको मान्छे
_x000D_कहीँ भेटेनौ सायद !
_x000D_००
_x000D_
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।