मनजस्तै
_x000D_थङथिलो भएको छ सडक
_x000D_कृपया, बिस्तारै हाँक्नुस्!
_x000D__x000D_
सडक निर्माण सम्पन्नसँगै
_x000D_फेरि मरमत सम्भार सुरु भएको छ
_x000D_ध्वनि संकेत दिनुस्
_x000D_गति सीमित पार्नुस्
_x000D_जोखिम तपाईंका पाइला पाइला भएर पछ्याइरहेछ
_x000D_कृपया, बिस्तारै हाँक्नुस्!
_x000D__x000D_
सडक सुतेको जमिन हाम्रो भयो
_x000D_तर सडकमाथि लगाइएको कालोपत्रे हाम्रो भएन
_x000D_सडकमाथि हिँड्ने पाइताला हाम्रो भयो
_x000D_तर पाइताला पुग्ने
_x000D_यात्रा हाम्रो भएन
_x000D_हामी काम गर्ने मजदूर
_x000D_सडकसँग अपनत्व खोजिरहेछौँ
_x000D_कृपया, बिस्तारै हाँक्नुस्!
_x000D__x000D_
हरेक बिहान
_x000D_यही सडक भएर हाम्रो भविष्य हामीमाझ हिँडिरहेको हुन्छ
_x000D_हरेक पाइतालामा
_x000D_यही सडक भएर हाम्रो जिन्दगी हामीमाझ रुमल्लिइरहेको हुन्छ
_x000D_हामी सडकमा भविष्य खोजिरहेका मान्छे
_x000D_कृपया, बिस्तारै हाँक्नुस्!
_x000D__x000D_
सपनाको
_x000D_स्वर्णिम भविष्य निर्माणमा तल्लीन नानीहरू
_x000D_घरदेखि स्कुलसम्म
_x000D_र स्कुलदेखि घरसम्म
_x000D_यही सडक भएर हिँडिरहेका छन्
_x000D_शान्ति र समृद्धिको कामना गर्दै आमाहरु
_x000D_घरदेखि मन्दिरसम्म
_x000D_र मन्दिरदेखि घरसम्म
_x000D_यही सडक भएर हिँडिरहेका छन्
_x000D_नानीहरू सडकमा छन्
_x000D_आमाहरू सडकमा छन्
_x000D_मजदूरहरू सडकमा छन्
_x000D_कृपया, बिस्तारै हाँक्नुस्!
_x000D__x000D_
जुलुस नअट्ने सडकमा
_x000D_तपाईं गाडी हाँक्दै हुनुहुन्छ
_x000D_तपाईँका हातमा हामी र हाम्रो भविष्य लेपासिएको छ
_x000D_स्टेयरिङ समाउने
_x000D_ओ महाशय,
_x000D_कृपया, बिस्तारै हाँक्नुस्!
_x000D__x000D_
कृपया! बिस्तारै...बिस्तारै...
_x000D_बिस्तारै...बाँयाबाट
_x000D_सडक छेउ भएर हाँक्नुस्
_x000D_मुलुक हाक्नेहरू भन्दा
_x000D_कमसेकम होशियार भएर हाँक्नुस्!
_x000D_०००
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।