काठमाडौं– दसैं, तिहारसहित चाडपर्वलाई लक्षित गर्दै स्थानीय प्रशासनले कैलाली र कञ्चनपुरको सीमा क्षेत्रमा सुरक्षा व्यवस्था बढाएको छ।
_x000D__x000D_
चाडपर्वका बेला हुनसक्ने चोरीनिकासी, अवैध रूपमा सामान आयात तथा सीमापार आपराधिक गतिविधि नियन्त्रण कार्यलाई प्रभावकारी बनाउन कैलालीको गौरीफन्टा नाका र कञ्चनपुरको गड्डाचौकी लगायतका सीमा नाकामा सुरक्षा व्यवस्था कडा बनाइएको प्रहरीले जनाएको छ।
_x000D__x000D_
जिल्ला प्रहरी कार्यालय, कैलालीका अनुसार दसैं, तिहार र छठ पर्वलाई ध्यानमा राखी विशेष सुरक्षा योजनाअन्तर्गत धनगढी प्रहरी अन्तर्गतको कुकुर शाखाका तालिमप्राप्त ‘राजा’ र ‘फुच्चे’ कुकुरलाई गौरीफन्टा नाकामा खटाइएको छ।
_x000D__x000D_
केही दिनयता धनगढीको भारतीय सीमासँग जोडिएको गौरीफन्टा नाकामा बिहानैदेखि वडा प्रहरीको गाडी तालिमप्राप्त ‘राजा’ र ‘फुच्चे’ (कुकुर)सहित त्रिनगर सीमानामा परिचालन हुने गरेको छ। प्रहरीका अनुसार ‘राजा’ कुकुरलाई विष्फोटक पदार्थ पत्ता लगाउनका लागि प्रयोग गरिएको हो। ‘ल्याब्रोडर’ जातको ‘राजा’ कुकुरलाई प्रहरी जवान दीपक विकले परिचालन गर्ने गरेका छन्। त्यस्तै, फुच्चे पनि सोही जातकै कुकुर हो।
_x000D__x000D_
आठ महिनाअघि प्रहरी प्रधान कार्यालयले धनगढीको संघीय प्रहरी इकाइ कार्यालय परिसरमा कुकुर शाखा स्थापना गरेको थियो।
_x000D__x000D_
कैलाली प्रहरी प्रमुख विनोद घिमिरेले सीमानाकाबाट अवैध हातहतियार वा आपराधिक क्रियाकलापको जोखिममा वृद्धि नहोस् भन्ने उद्देश्यले सुरक्षा गस्तीसँगै तालिम प्राप्त कुकुर पनि परिचालन गरिएको बताए।
_x000D__x000D_
त्यस्तै, कञ्चनपुरको पश्चिमी नाका गड्डाचौकीमा पनि तालिम प्राप्त कुकुरको सहायताबाट आइतबार बिहानदेखि सुरक्षा चेकजाँच गर्न थालिएको हो।
_x000D__x000D_
प्रतिबन्धित वस्तुको रोकथाम एवम् नियन्त्रणका साथै चाडपर्वका बेला सीमानाकामा हुनसक्ने आपराधिक गतिविधिमा निगरानी तथा नियन्त्रण गर्न तालिमप्राप्त कुकुरद्वारा सुरक्षा जाँच गर्न थालिएको इलाका प्रहरी कार्यालय गड्डाचौकीले जनाएको छ। ‘नेपाल प्रहरी, सशस्त्र प्रहरीका साथै भारतीय एसएसबीसँग पनि सीमा क्षेत्रमा समन्वय गरेर सुरक्षा सतर्कता बढाएको छ।’, प्रहरी कार्यालय गड्डाचौकीका प्रहरी सहायक निरीक्षक गणेशराज जोशीले बताए।
_x000D__x000D_
प्रहरीका अनुसार गड्डाचौकी नाकाबाट दैनिक पाँचदेखि सात हजार नेपाली स्वदेश फर्किरहेका छन्। सो नाकामा भारतको नयाँ दिल्ली, बैंगलोर, पन्जाव, चन्डिगढ, सिमला, नैनीताल, हरिद्वारलगायत शहरमा रोजगारी गरेर फर्किनेहरूको अहिले दैनिक घुइँचो हुने गरेको छ।
_x000D__x000D_
यसैबीच, सीमानाका क्षेत्रमा घर फर्किरहेका नेपालीमाथि भारतीय सुरक्षाकर्मीहरूद्वारा लुट्ने तथा दुव्र्यवहार गर्ने गुनासो बढेपछि प्रहरी तथा प्रशासनका अधिकारीहरूले सीमानाकाको स्थलगत अनुगमन गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।