दाङ– प्युठानको नौबहिनी गाउँपालिका–६, मगरबासाको भीरमा अटोरिक्सा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। आइतबार राति करिब साढे १० बजे भएको दुर्घटनामा परी अन्य ५ जना घाइते भएका छन्।
_x000D__x000D_
दुर्घटनामा परी नौबहिनी गाउँपालिका–४, खवाङकी ५९ वर्षीया तारादेवी पुनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।
_x000D__x000D_
घाइते हुनेमा अटोरिक्सा चालक नौबहिनी–४ का लालबहादुर गिरी, उनकी श्रीमती सृजना गिरी, उनका चार वर्षीय छोरा सुजल गिरी, एक वर्षीय छोरा सौगात गिरी र खवाङकी कालीदेवी घर्तीमगर घाइते भएका छन्।
_x000D__x000D_
घाइतेमध्ये कालीदेवीको अवस्था गम्भीर रहेको इलाका प्रहरी कार्यालय बाहानेका प्रमुख गोपीकृष्ण सुवेदीले जानकारी दिए। घाइतेहरुलाई उपचारका लागि बिजुवार पठाइएको छ।
_x000D_
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।