काठमाडौं– नेपाली कामदार लैजाने विषयमा मलेसियासँग आगामी कात्तिक १२ गते समझदारीपत्र (एमओयू)मा हस्ताक्षर हुने भएको छ। समझदारीपत्रमा हस्ताक्षर गर्न मलेसियाका मानव संसाधनमन्त्री एम कुलेसागरन कात्तिक ११ गते काठमाडौं आउने तय भएको मलेसियास्थित नेपाली राजदूतावासले जनाएको छ।
_x000D__x000D_
समझदारीपत्रमा हस्ताक्षर भएसँगै गत जेठ महिनादेखि बन्द मलेसियाको श्रम स्वीकृति पुनः खुल्नेछ। सम्झौतापश्चात् मलेसिया जाने कामदारमाथि लाग्दै आएको आर्थिक भारको सिन्डिकेट पनि तोडिने छ।
_x000D__x000D_
नेपाल र मलेसियाबीच हुने समझदारीले बायोमेट्रिकका नाममा कामदारको स्वास्थ्य परीक्षण गराउँदै आएका ३९ वटा स्वास्थ्य संस्था बन्द हुने भएका छन्।
_x000D__x000D_
मलेसिया जाने नेपाली कामदारमाथि विभिन्न संस्था खडा गरी आर्थिक मारमा पारिएको भन्दै श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले गत जेठ २ गते बायोमेट्रिक, भिएलएन, माइग्राम्स, वान स्टप सेन्टर, ओएससी र जिएसजीका कामकारबाही बन्द गर्ने निर्णय गरेको थियो।
_x000D__x000D_
स्वास्थ्य परीक्षण गराउने संस्थाहरू खारेज भएपछि रोजगारीमा मलेसिया जाने कामदारको प्रक्रिया नै बन्द भएको थियो। नेपाली कामदार मलेसिया जान बन्द भएपछि दुवै देशका सरकारले कूटनीतिक पहल गरेका थिए। ‘जिटुजी’ मोडलमा नेपाली कामदार लैजाने प्रस्ताव मलेसिया सरकारले नेपालसमक्ष गरेको थियो।
_x000D__x000D_
नयाँ व्यवस्थाअनुसार नेपाल सरकारबाट मान्यताप्राप्त र पूर्वाधार पूरा भएका स्वास्थ्य संस्थाबाट नै मलेसिया जाने कामदारको मेडिकल जाँच गरिने भएको छ। अब मलेसिया जाने कामदारको ४ हजार ५ सय रुपैयाँमात्र खर्च लाग्ने भएको छ। यसअघि कामदारले विभिन्न संस्थामा २१ हजार रुपैयाँसम्म बुझाउँदै आएका थिए। नयाँ सम्झौताअनुसार नेपाली कामदारको १६ हजार ५ सय खर्च जोगिनेछ। जसमा मेडिकल खर्च भने अब रोजगारदाता कम्पनीले नै व्यहोर्ने छन्।
_x000D__x000D_
नयाँ ‘एमओयू’अनुसार नेपाली कामदारको करार अवधि दुई वर्षको हुने छ। यसअघि ३ वर्ष अवधि तोकिएको थियो।
_x000D__x000D_
कम्पनीले चाहेमा दुई वर्षको करार अवधिपछि पुनः कामदार फर्किन पाउने भएका छन्।
_x000D__x000D_
मलेसिया कामदार आपूर्ति गर्दै आएका म्यानपावर कम्पनीले भने अब सेवा शुल्क रोजगारदाता कम्पनीबाट पाउने छन्।
_x000D__x000D_
म्यानपावर कम्पनीले सेवा शुल्कवापत कामदारको आधा महिनाको तलब बराबर रकम पाउनेछन्। तर, यो रकम कामदारको तलबबाट काटिने छैन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।