राजविराज– सप्तरीको खडक नगरपालिकामा डकैती डकैती भएको छ।
_x000D__x000D_
शनिबार राति करिब २ बजेको समयमा ५/६ जनाको समूहमा आएका नकावधारी डाँका समूहले खडक नगरपालिका–७, कल्याणपुर बस्ने सुरतलाल साहको घरमा लुटपाट गरेको प्रहरीले जनाएको छ।
_x000D__x000D_
हतियारसहित आएका डाँकाहरुले साहको घरबाट साढे १ केजी चाँदी र ३ तोला बराबरका सुनका गहना तथा १० हजार रुपैयाँ नगद गरी २ लाख ८५ हजार रुपैयाँ बराबरको धनमाल लुटेर लगेको पीडित परिवारले जनाएको छ।
_x000D__x000D_
लुटपाटका क्रममा डाँकाहरुले साह र उनका छोरा पुरुषोमलाई कुटपिटसमेत गरेका छन्।
_x000D__x000D_
लुटपाटमा संलग्न व्यक्तिहरुको खोजी भइरहेको सप्तरीका डिएसपी भावेश रिमालले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।