राजविराज– गैरकानुनी रुपमा घरबाटै गाँजाको कारोबार गर्ने सिरहाको औरही–३ का ६८ वर्षीय रामप्रसाद यादवलाई प्रहरीले पक्राउ गरेको छ।
_x000D__x000D_
गोप्य सूचनाको आधारमा घरमा खानतलासी गर्दा साढे २ केजी गाँजा बरामद भएपछि यादवलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ।
_x000D__x000D_
उनको घरबाट गाँजासहित सोको बिक्रीवितरणवाट प्राप्त नेपाली रुपैया ९१ हजार २ सय ७० र भारतीय रुपैयाँ १ हजार ४ सय ७० समेत बरामद भएको डिएसपी माधवराज खरेलले बताए।
_x000D__x000D_
यादवको बारेमा थप अनुसन्धान भइरहेको उनले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।