काठमाडौं– ओस्कार नोमिनेटेड फ्रान्सेली निर्देशक एरिक भेल्लीको निर्देशनमा तयार वृत्तचित्र ‘वियोण्ड द क्लाउड’को नेपालमा प्रिमियर गरिएको छ। आइतबार काठमाडौंको कुमारी हलमा आयोजित प्रिमियरमा वृत्तचित्रले प्रशंसा बटुलेको छ।
_x000D__x000D_
प्रिमियरमा नेपाली तथा विदेशी चलचित्रकर्मी, सञ्चारकर्मी तथा दर्शकहरुको बाक्लो उपस्थिति रहेको थियो। वृत्तचित्रमा समावेस कथावस्तुले मन जितेको भन्दै प्रिमियरमा सहभागी अधिकांशले प्रशंसा गरेका थिए।
_x000D__x000D_
वृत्तचित्र हेरेपछि निर्देशक आकाश अधिकारीले वृत्तचित्रको कथावस्तु र छायांकनमा गरिएको मेहनतबाट आफू प्रभावित भएको बताए। भने, ‘डकुमेन्ट्रीका लागि गरिएको मेहनत तारिफयोग्य छ। प्रस्तुत विषयवस्तु र निर्देशनले भावनात्मक रुपमा छुनसक्यो, अन्यलाई पनि छुन सक्छ। अझै छायाँकार विष्णु घिमिरेले प्रोजेक्टका लागि गरको मेहनत उत्कृष्ट छ।’
_x000D__x000D_
_x000D__x000D_
उनले ९० मिनेट लामो वृत्तचित्रमा केही दृष्यहरुप्रति असन्तुष्टि जागेपनि समग्रमा उत्कृष्ट रहेको टिप्पणी गरे।
_x000D__x000D_
पटकथाकार सामिप्यराज तिमिल्सिनाले निर्देशकको कामको सह्राहना गरे। उनले वृत्तचित्रमा सिनेम्याट्रोग्राफी पनि उतिकै अब्बल रहेको दाबी गरे। ‘भावनात्मक रुपमा पनि उत्तिकै हृदय विदारक छ। तर, कथा भित्रका केही अंश र पात्रको प्रयोगमा भने निर्देशक चुकेको जस्तो लाग्छ। अन्य विषय भने उत्कृष्ट छन्।’, तिमल्सिनाले भने।
_x000D__x000D_
_x000D__x000D_
‘हनि हन्ट’, ‘क्याराभान’जस्ता उत्कृष्ट नेपाली वृत्तचित्रहरु निर्माण गरी नेपाली परिवेशलाई विश्वभर चिनाउँदै आएका एरिकको यस वृत्तचित्रमा भूकम्पपछिको ग्रामिण हिमाली जनजीवनलाई देखाइएको छ।
_x000D__x000D_
२०७२ बैसाखमा आएको भूकम्प र त्यसपछि पटक–पटकका पराकम्पपछि नेपाली जनजीवन अस्तव्यस्त बनेको थियो। उक्त अवस्थामा नेपाल सरकार तथा सरकारी र गैह्रसरकारी संस्थाहरुको पहुँच नपुगेका स्थानका मानिसहरुले कसरी आफ्नो जनजीवनलाई समान्यरुपमा ढाल्दै गए भन्ने विषय वृत्तचित्रमा प्रस्तुत गरिएको छ।
_x000D__x000D_
एरिकको ‘वियोन्ड द क्लाउड’मा गोरखा जिल्लाको हिमाली क्षेत्र सामा गाँउदेखि मनास्लु ट्रेकिङ आसपास लार्के पार्क गाँउ हुँदै मनास्लु बेसक्यापसम्मको यात्रा, सोही भेगका वास्तविक पात्र र दृष्यहरु प्रस्तुत गरिएको छ। भूकम्पपछि त्यहाँका मानिसले दैनिक जीवनयापन गर्न तथा पुनर्निमार्णका लागि गरेको संघर्षको कथा वृत्तचित्रको केन्द्रमा राखिएको छ।
_x000D__x000D_
वृत्तचित्रमा गाँउकै वास्तविक पात्रहरु १५ वर्षीय २ किशोरहरु राज गुरुङ, शिव गुरुङ र ६६ वर्षीय छेवाङ गुरुङ केन्द्रीय भूमिकामा छन्।
_x000D__x000D_
प्रिमियरपछि निर्देशक तथा निर्माता एरिकले नेपाल र नेपालीप्रतिको आफ्नो माया, सद्भाव सदैव रहने गरेका कारण यसप्रकारको प्रोजेक्टमा काम गरेको बताए। ‘भूकम्पका समय सबै राष्ट्र र संस्थाहरुको चासो नेपालमा पर्यो। तर, केही समयपछि सबैले बिर्सिए पनि।’, उनले भने, ‘मैले भने बादल पारीको क्षेत्रको अँध्यारो कथालाई वृत्तचित्रमार्फत मार्फत देखाउने प्रयास गरेको हुँ।’
_x000D__x000D_
उनले वृत्तचित्र प्रदर्शनबाट हुने कमाइ व्यक्तिगत प्रयोजनका लागि खर्च नगर्ने स्पष्ट पारे। ‘यसबाट प्राप्त नाफाको कुनैपनि हिस्सा म व्यक्तिगत प्रयोजनमा खर्च गर्ने छैन। म यसलाई गोरखाको एक विद्यालयलाई प्रदान गर्ने छु।’, एरिकले भने।
_x000D__x000D_
वृत्तचित्र अक्टोबर २६ बाट नेपाली सिनेमा हलहरुमा प्रदर्शनमा आउने छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।