जेरूसेलम– सुरक्षाको कारण देखाउँदै इजरायलका प्रमुख मानिने विमान कम्पनीद्वारा सन् २०१९ को जनवरी १ देखि उडान नगर्ने चेतावनी दिएका इजरायली स्थानीय सञ्चार माध्यमहरूले आइतबार जनाएका छन्।
_x000D__x000D_
एल अलका प्रमुख एली दापासले इजरायली राष्ट्रिय सुरक्षा परिषद्का उपप्रमुख र प्रधानमन्त्रीको कार्यालयका महानिर्देशकलाई जरूरी पत्र लेख्दै उक्त घोषणा गरेका इजरायली हिब्रु भाषामा प्रकाशन हुने ‘येदिओथ आहरोनोथ’ पत्रिकाले उल्लेख गरेको छ।
_x000D__x000D_
‘विश्वभर रहेका हाम्रा कार्यालयमा सुरक्षा गार्डको व्यवस्थालाई निरन्तरता दिने कुरामा विदेश मन्त्रालयले कुनै चासो नदिएपछि सबै उडानहरू अवरूद्ध गर्ने निष्कर्षमा पुगेका छौँ’, दापासको पत्रमा लेखिएको छ।
_x000D__x000D_
विदेश मन्त्रालयका महानिर्देशकले हालै उक्त कम्पनीलाई केही दिन पहिले एक पत्र लेख्दै मन्त्रालयले विदेशी विमानस्थलमा आगामी जनवरी १ देखि कुनै सुरक्षाकर्मीलाई नखटाउने जनाएको दापासले बताए। दापासका अनुसार सुरक्षा कामदारका लागि नयाँ सहमति नभएको भन्दै विमानस्थलमा सुरक्षा गार्ड उपलब्ध गराउन नसक्ने जनाइएको थियो।
_x000D__x000D_
इजरायली विमान कम्पनी एल अल, अर्किया र इसराइरद्वारा उडान भर्ने देशमा रहेका विमानस्थलमा इजरायली सुरक्षाकर्मीले सम्बन्धित मुलुकको सुरक्षा अधिकारीको सहयोगीका रूपमा काम गर्दै आएका थिए।
_x000D__x000D_
विमान कम्पनीहरूले लेखेको पत्रको बोधार्थ विदेश मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहु तथा यातायात मन्त्रीलाई दिइएको छ।
_x000D__x000D_
जटिल सुरक्षा प्रणालीमा गरिने कुनै पनि परिवर्तनका लागि धेरै निकायसँग विचार विमर्श गर्नु जरूरी रहेको र सरकारले झन्डै साढे दुई महिनाको समयमा उक्त निर्णय गर्न नसक्ने दापासले बताए। तर, प्रधानमन्त्रीको कार्यालयले भने उक्त विषयमा अर्थ मन्त्रालयको समन्वयपछि केही दिनमा समाधान निकाल्ने अपेक्षा गरिएको जनाएको छ। रासस/सिन्ह्वा
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।