काठमाडौं– साढे ३८ सय किलो सुन तस्करी प्रकरणका मुख्य आरोपी चूडामणि उप्रेती ‘गोरे’का साथी बेनु श्रेष्ठलाई नेपाल झिकाइएको छ। अन्तर्राष्ट्रिय प्रहरी अपराध संगठन (इन्टरपोल)को सहयोगमा दुबईबाट उनलाई आइतबार नेपाल झिकाइएको प्रहरीले जनाएको छ।
_x000D__x000D_
जिल्ला प्रहरी कार्यालय मोरङको अनुरोधमा नेपाल प्रहरीको इन्टरपोल शाखा काठमाडौंले श्रेष्ठविरुद्ध ‘रेड कर्नर नोटिस’ जारी गरेको थियो। त्रिभुवन विमानस्थलबाट साढे ३३ किलो सुन गायब बनाइएपछि सो कार्यका लागि भरिया बनाइएका सनम शाक्यको हत्या गरिएको थियो।
_x000D__x000D_
शाक्य हत्या प्रकरणमा छानबिन गर्दा सुन तस्करीको रहस्य खुलेको थियो। तस्करी र शाक्य हत्या आरोपमा पक्राउ परेका टोकराज मल्लले दिएको बयानबाट श्रेष्ठ र गोरेको सम्बन्ध तथा घटनामा उनीहरुको भूमिकाका सम्बन्धमा खुलेको थियो।
_x000D__x000D_
गृह मन्त्रालयद्धारा गठित उच्चस्तरीय छानविन समितिको प्रतिवेदन र जिल्ला सरकारी वकिल कार्यालय मोरङले जिल्ला अदालत विराटनगरमा पेस गरेको अभियोग पत्रका अनुसार श्रेष्ठ र गोरेको मिलेमतोमा धेरै पटक त्रिभुवन विमानस्थलमार्फत सुन नेपाल भित्रिएको देखिएकाे छ।
_x000D__x000D_
छानबिन समितिका अनुसार सुनमा लगानी गर्ने मध्येमा श्रेष्ठ पनि एक मुख्य व्यक्ति रहेको बताइएको छ।
_x000D__x000D_
सोही प्रकरणमा विमानस्थलबाट सुनलाई सहजताका साथ बाहिर ल्याउने प्रक्रियामा सामेल भएको भन्दै केही उच्च प्रहरी अधिकारी पनि अनुसन्धानमा तानिएका थिए। तर, घटनामा संलग्नता नदेखिएको भन्दै अदालतले केही प्रहरी अधिकारीलाई भने सामान्य तारेखमा छाड्ने आदेश दिइसकेको छ।
_x000D__x000D_
जिल्ला अदालत मोरङमा मुद्दा दर्ता भएकाकाे सूची:
_x000D__x000D_
१. मोरङको उर्लाबारी घर भई काठमाडौं–७, गौरीघाट बस्दै आएका चुडामणि उप्रेती (गोरे)।
_x000D__x000D_
२. काभ्रेको मण्डनदेउपुरी गाउँपालिका–१२ का टेकराज मल्ल ठकुरी।
_x000D__x000D_
३. मोरङ उर्लाबारी–४ का मोहन काफ्ले।
_x000D__x000D_
४. मकवानपुर हटिया–४ घर भई हेटौंडा बस्दै आएका सुरेन्द्र गौतम।
_x000D__x000D_
५. झापा गौरादह–८ का मामा भनिने भोजराज भण्डारी।
_x000D__x000D_
६. झापाको मेचीनगर–१३ का रुस्तम मियाँ भनिने मोहमद उस्तम मियाँ।
_x000D__x000D_
७. सोलुखुम्बुको दूधकुन्ड–८ का टुकबहादुर मगर।
_x000D__x000D_
८. झापाको मेचीनगर–१३ का लाक्पा शेर्पा।
_x000D__x000D_
९. मोरङको उर्लाबारी–२ का माधव भनिने मदनप्रसाद घिमिरे।
_x000D__x000D_
१०. सिराहाको धनगढी माई नगरपालिका–१२ का रोहित आचार्य।
_x000D__x000D_
११. मोरङ उर्लाबारी–७ का कृष्ण भनिने नरेन्द्र कार्की।
_x000D__x000D_
१२. उर्लाबारी–४ का भविन राई भनिने भविन तामाङ।
_x000D__x000D_
१३. भारतको मोतियारी भेरियारी ग्राम पञ्चायत थाना आधापुर–१४ घर भई गौरीघाटमा रहेको थ्री बदर्स गाडी ग्यारेजमा काम गर्दै आएका राजनकुमार।
_x000D__x000D_
१४. सुनसरीको धरान–२ का कृष्ण बस्नेत।
_x000D__x000D_
१५. काठमाडौं–१६ का भुजुङ गुरुङ।
_x000D__x000D_
१६. सुनसरीको धरान उपमहानगरपालिका–३ घर भइ काठमाडौं–२९, अनामनगर बस्ने एमके मामा भनिने मोहनकुमार अग्रवाल।
_x000D__x000D_
१७. काठमाडौं, नागर्जुन–४, शरणमपुरका डा डेबिट भनिने छिरिङ वाङगेल घले।
_x000D__x000D_
१८. सुनसरीको धरान–२ का बहुला भनिने सुनिलकुमार अग्रवाल।
_x000D__x000D_
१९. झापाको शिवगञ्ज–१, हाल शिवसताक्षी घर भई हाल काठमाडौंको चन्द्रागिरि बस्दै आएका कालु भनिने कृष्ण गोपाल अग्रवाल।
_x000D__x000D_
२०. काठमाडौं–३२ का आरके भनिने राजेन्द्रकुमार शाक्य।
_x000D__x000D_
२१. उर्लाबारी–७ घर भई काठमाडौं–७, गौरीघाट बस्ने रमेश उप्रेती।
_x000D__x000D_
२२. भारतको पश्चिम बंगाल दार्जिलिङ घर भइ काठमाडौंको धुम्बाराही चन्डौलस्थित प्रेष्टिज अपार्टमेन्टमा बस्ने चाचौजी भनिने महावीरप्रसाद गोल्यान अग्रवाल।
_x000D__x000D_
२३. काठमाडौं–९, एयरपोर्ट अगाडि रहेको बाजेको सेकुवा कर्नरका चेतन भनिने चेतनाथ भणडरी।
_x000D__x000D_
२४. काठमाडौं–३१, बानेश्वरस्थित भैरव लक्ष्मी गोल्ड एण्ड सिल्भर प्यालेस प्रालि, न्यूरोडका सञ्चालक प्रमोदकुमार श्रेष्ठ।
_x000D__x000D_
२५. सुनसरीको इटहरीका बेनु श्रेष्ठ।
_x000D__x000D_
२६. काभ्रेको चलाल गणेशस्थान–६ घर भई हाल बेथान चोक–४ बस्दै आएका हरिशरण खड्का।
_x000D__x000D_
२७. झापा घर भई हाल काठमाडौं–९ बस्ने प्रहरी नायव निरीक्षक बालकृष्ण सञ्जेल।
_x000D__x000D_
२८. सिन्धुपाल्चोक लोगर्चे–७ घर भई काठमाडौं–६, बौद्ध आरुबारी बस्ने एलबी मगर भनिने लालबहादुर मगर।
_x000D__x000D_
२९. काठमाडौं–८ का चन्दन भनिने वीरेन्द्रमान श्रेष्ठ।
_x000D__x000D_
३०. ललिपुर–१४ का सम्बिरप्रसाद तोलाङ्गे।
_x000D__x000D_
३१. काठमाडौं–९ का ४५ वर्षीय बालकृष्ण श्रेष्ठ।
_x000D__x000D_
३२. भक्तपुरको सूर्यविनायक–९, खत्रीगाउँका दोराम खत्री।
_x000D__x000D_
३३. काठमाडौंको नागार्जुन–६ का कपिलराज पुरी।
_x000D__x000D_
३४. काठमाडौं–८ का गोपालकुमार श्रेष्ठ।
_x000D__x000D_
३५. ललितपुरको कन्ज्योसोम–३ का ३० वर्षीय तक्ले भनिने पुन्यप्रसाद लामा तामाङ।
_x000D__x000D_
३६. काठमाडौं चन्द्रागिरि–१३ का हेमन्त गौतम।
_x000D__x000D_
३७. काठमाडौं–१८ का राजु महर्जन।
_x000D__x000D_
३८. बागलुङको साविक रेसा–४, अरिन्पटा हाल काठेखोला–७ का कमल कार्की।
_x000D__x000D_
३९. काठमाडौं–१६, खरिबोटका मणिराज चौलागाईँ।
_x000D__x000D_
४०. सिन्धुपाल्चोको जलजले बस्ने शिवकुमार गुभाजु।
_x000D__x000D_
४१. सुनसरीको धरान–१ का घर भई हाल काठमाडौं–३१, शान्तिनगरका वैभवन लक्ष्मी गोल्ड एन्ड सिल्भर प्यालेस प्रालि, न्यूरोडका सञ्चालक ५० वर्षीय सुनिल श्रेष्ठ।
_x000D__x000D_
४२. भोजपुर, दिङ्ला घर भई काठमाडौंको कगेश्वरी मनोहरा–३, गगननगरकी आरबी भनिने रक्षा भण्डारी।
_x000D__x000D_
४३. मोरङको साविक गोविन्दपुर–८ घर भई हाल काठमाडौं बस्दै आएका अर्जुनप्रसाद खरेल।
_x000D__x000D_
४४. पर्वतको साविक झोर्ले गाविस–१ घर भई हाल पैयूँ–७ बस्दै आएका रोशन भुसाल भनिने गुप्तलाल भुसाल।
_x000D__x000D_
४५. काभ्रेपलान्चोकको साविक चलाल गणेशस्थान–४ का रामहरि कार्की।
_x000D__x000D_
४६. कास्कीको सविक निर्मल पोखरी–८, हाल पोखराको लेखनाथ–२१ का प्रयास पराजुली।
_x000D__x000D_
४७. सिन्धुपाल्चोकको बलेफी–५ का सञ्जय अधिकारी।
_x000D__x000D_
४८. सिन्धुपाल्चोकको बलेफी–५ का समिर अधिकारी।
_x000D__x000D_
४९. धनकुटा–४ घर भई न्यूरोडमा वैभव लक्ष्मी गोल्ड एन्ड सिल्भर प्यालेश प्रालि सञ्चालन गर्दै आएकी गिता श्रेष्ठ।
_x000D__x000D_
५०. झापा कमलगाउँपलिका–६ माइती भई हाल मोरङको उर्लाबारीमा स्थायी घर र काठमाडौंको गौरीघाट बस्दै आएकी नर्वदा खरेल उप्रेती।
_x000D__x000D_
५१. मोरङको कानेपोखरी–४ का माधव आचार्य।
_x000D__x000D_
५२. मोरङको साविक गृगौलिया–२, हाल सुन्दरहरैचा–२ बस्ने ओमप्रकाश नेवार।
_x000D__x000D_
५३. भक्तपुरको सूर्यविनायक–८ बस्ने ५५ वर्षीय राजन थापा।
_x000D__x000D_
५४. काठमाडौं–१३, ताहाचलका अमरमान डंगोल।
_x000D__x000D_
५५. बर्दिया घर भई काठमाडौं–१८ बस्नै आएका तुलाराम थारु।
_x000D__x000D_
५६. मोरङको रतुवामाई–१ घर भई काठमाडौं–३, बाँसबारी बस्दै आएका गोविन्दप्रसाद निरौला।
_x000D__x000D_
५७. गोरखा–१४ घर भई हाल नेपाल प्रहरीको प्रहरी जवान पदमा कार्यरत ३७ वर्षीय विष्णुबहादुर खड्का।
_x000D__x000D_
५८. चितवनको जगतपुर–७, हाल भरपुर–२४ बस्ने प्रहरी हवल्दार अम्बर बहादुर थापा मगर।
_x000D__x000D_
५९. तनहुँको म्याग्दे–१ घर भई हाल काठमाडौंको टोखा बस्दै आएका हाल नेपाल प्रहरीका प्रहरी उपरीक्षक विकासराज खनाल।
_x000D__x000D_
६०. सिराहाको लाहान–६ घर भई हाल काठमाडौं–३२, कोटेश्वर बस्दै आएका नेपाल प्रहरीका प्रहरी नायब उपरीक्षक सञ्जयबहादुर राउत।
_x000D__x000D_
६१. गुल्मीको साविक तम्घास–६, स्थायी घर भई हाल भक्तपुरको मध्यपुर थिमी घर तथा लोकन्थली बस्दै आएका नेपाल प्रहरीको वरिष्ठ उपरीक्षक पदमा कार्यरत श्यामबहादुर खत्री।
_x000D__x000D_
६२. काठमाडौं–९, रातो पुल घर भई हाल नेपाल प्रहरी प्रहरी वरिष्ठ उपरीक्षक पदमा कार्यरत दिवेश लोहनी।
_x000D__x000D_
६३. काठमाडौंको बूढानीलकण्ठ–२ घर भई नेपाल प्रहरीमा प्रहरी नायब उपरीक्षक पदमा कार्यरत प्रजित केसी।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।