तेहरान– इरानसँगको आणविक सम्झौताबाट पछि हट्नु अमेरिकाको पराजय भएको इरानका प्रधानमन्त्रीले आइतबार बताएका छन्।
_x000D__x000D_
अमेरिकासहितका विश्वका ६ शक्ति राष्ट्रहरू रूस, चीन, बेलायत, फ्रान्स र जर्मनीको पहलमा सन् २०१५ मा भएको इरानसँगको आणविक सम्झौताबाट पछि हट्नु इस्लामिक गणतन्त्र इरानको अमेरिकासँगको ‘नैतिक एवम् वौद्धिक’ जीत भएको प्रधानमन्त्री हसन रौहानीले बताएका हुन्।
_x000D__x000D_
‘सबैलाई थाहा भएकै कुरा हो कि अन्तर्राष्ट्रिय जिम्मेवारीबोधबाट अमेरिकाको वैधानिक तथा राजनीतिक पराजय भएको छ र हामीहरू सफल बनेका छौँ’, राष्ट्रपति हसन रौहानीले तेहरानस्थित एक विश्वविद्यालयमा गरेको सम्बोधनमा भने।
_x000D__x000D_
‘अमेरिकाले आणविक सम्झौताबाट पछि हट्नु ठिक कदम भएको विश्वमा केही मुलुकहरूले मात्र बताएका छन्’, उनले थपे, ‘तर, जुन मुलुकहरू सावधान छन्, र उदार छन्, उनीहरूको अमेरिकी निर्णय अवैध र गलत भएको निष्कर्ष छ।’
_x000D__x000D_
वासिङटनले सन् २०१५ को आणविक सम्झौताबाट गत मे महिनामा पछि हट्नु र इरानविरुद्धको आर्थिक नाकावन्दी पुनः घोषणा गर्नुलाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ‘उचित निर्णय’ बताएका छन्।
_x000D__x000D_
अमेरिकाले इरानविरुद्धको पेट्रोलियम क्षेत्र र केन्द्रीय बैङ्कलाई लक्षित गरी लगाउने प्रतिबन्धलाई आगामी नोभेम्बर ५ सम्ममा सम्पन्न गर्ने बताउँदै आएको छ। रासस/एएफपी
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।