वासिङ्टन– अमेरिकी रक्षामन्त्री जिम म्याटिसलाई ‘डिमोक्र्याट जस्तो’ भन्दै उक्त जिम्मेवारीबाट बिदा दिन सकिने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आइतबार एक अन्तर्वार्ता क्रममा बताएका छन्।
_x000D__x000D_
म्याटिसलाई राष्ट्रपति ट्रम्पको मन्त्रिपरिषद्को केही स्थिर तथा स्वतन्त्र सदस्यहरूमध्ये एक सदस्यका रूपमा लिने गरिन्थ्यो। अमेरिकी पत्रिका सिबिएसलाई दिएको ‘के राष्ट्रपति म्याटिसलाई बिदा गर्न चाहनुभएको छ’ भन्ने करिब ६० मिनेट लामो अन्तर्वार्तामा ट्रम्पले उनलाई बिदा दिइनसक्ने सम्भावना पनि रहेको बताएका हुन्।
_x000D__x000D_
‘मेरो विचारमा उहाँ डेमोक्रेटजस्तो हुनुहुन्छ, त्यसैले उहाँले बिदा लिन पनि सक्नुहुन्छ।’, अमेरिकी राष्ट्रपति ट्रम्पले भने, ‘यद्यपि जनरल म्याटिस असल व्यक्ति हो। हामी सँगसँगै र राम्रो सम्बन्धका साथ काम गर्यौँ। उहाँले छोड्न सक्नुहुन्छ। मतलब कुनै विन्दुमा सबैले छाड्नुपर्छ।’
_x000D__x000D_
आफूले अवकाश प्राप्त जनरल म्याटिसलाई दुई दिन पहिले भेटेको बताउँदै उक्त अवसरमा भने उनलाई बिदा दिने विषयमा कुनै कुराकानी नभएको ट्रम्पले स्पष्ट पोका छन्।
_x000D__x000D_
ट्रम्पले संयुक्त राष्ट्रसंघका लागि अमेरिकी राजदूतबाट निक्की हेलीको राजिनामापछि आफ्नो मन्त्रीमण्डलमा केही परिवर्तन गर्न चाहेको पनि बताएका छन्।
_x000D__x000D_
उनले भने, ‘म परिवर्तन चाहन्छु। यो मेरो अधिकारको कुरा पनि हो। मसँग अहिले धेरै असाधारण व्यक्तिहरू प्रशासनमा आउन आतुर छन्। उनीहरूले अमेरिकी नागरिकको हितमा असाधारण काम गरेर देखाउने छन्।’
_x000D__x000D_
‘हामीसँग मन्त्रीमण्डलका उत्कृष्ट सदस्यहरू छन् तर केहीको कामप्रति म खुसी छैन। उनीहरूको सट्टामा अन्य राम्रा व्यक्तिले मौका पाउन सक्छन्।’, ट्रम्पले भने। रासस/एएफपी
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।