भक्तपुर– भक्तपुर नगरपालिकाले तौमढीदेखि नासमनासम्मका खाद्य पसलको अनुगमनका क्रममा भेटिएका म्याद गुज्रेका सामान जफत गरी नष्ट गरेको छ।
_x000D__x000D_
आज अनुगमन समितिका संयोजक एवम् वडा नम्बर ३ का वडाध्यक्ष राजकृष्ण गोराको नेतृत्वमा भएको अनुगमनमा हरिप्रसाद खाइतुको चिया पसल र नारायण मिठाइ भण्डारमा भान्सा फोहोर भएको, विद्युतको तार अलपत्र राखेको, ग्यास सिलिन्डर आगो नजिक राखेको, मिठाइहरुमा धुलो, झिङ्गा भन्किएको, मूल्य सूची नराखेको र पसल नवीकरण नगरेको पाइएको वरिष्ठ अनुगमन निरीक्षक रामकृष्ण प्रजापतिले बताए।
_x000D__x000D_
टोलीले देव तेल पसललाई ३ दिनभित्र दर्ता गर्न निर्देशन दिएको छ। त्यस्तै रामचन्द्र शाखको खुद्रा व्यवसाय पसल नवीकरण गर्न निर्देशन दिएको छ।
_x000D__x000D_
लक्ष्मी किराना पसल नवीकरण गर्न, ढक तराजु पनि नापतौल विभागमा नवीकरण गर्न, प्याकेज सामानमा लेबल राख्न र सडक पेटीमा सामान नराख्न निर्देशन दिएको छ भने ईश्वरानन्द हाडाको किराना पसलमा म्याद नाघेको सामान प्रशस्त भेटिएकाले नष्ट गरेको छ। यस्तै, पसल नवीकरण गर्न पनि निर्देशन दिइएको छ। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।