काठमाडौं– दसैंमा घर जाने यात्रुसँग बढी भाडा असुल्ने ५ सय सार्वजनिक सवारी साधनलाई कारबाही गरिएको यातायात व्यवस्था विभागले जनाएको छ।
_x000D__x000D_
दसैंको ‘अग्रिम टिकक बुकिङ’देखि नै यातायात व्यवस्था विभागले ४ वटा अनुगमन समूह बनाएर उपत्यकाका विभिन्न स्थानमा स्थलगत निरीक्षण गरेको थियो। त्यसक्रममा हालसम्म ५ सय सवारीलाई कारबाहीको दायरामा ल्याइएको विभागका प्रवक्ता गोकर्णप्रसाद उपाध्यायले जानकारी दिए।
_x000D__x000D_
उपत्यका बाहिर जाने सवारीको चलानीमा उल्लेख गरिएको भाडादर र विभागले तोकेको दरमा फरक परेपछि सवारी साधनलाई कारबाही गरिएको उनले बताए। बढी भाडा लिने सवारीलाई १ हजारदेखि ५ हजार रुपैयाँसम्म जरिवाना गरिएको छ। विशेषगरी साना माइक्रो, हायस र टाटा सुमोले तोकेभन्दा बढी भाडा लिएको विभागले जनाएको छ।
_x000D__x000D_
बढी भाडा लिने सवारीको जानकारी विभागको हटलाइन नम्बर ९८५१२७३२२२ र नेपाल प्रहरीको निःशुल्क नम्बर १०१ एवम् १०३ मा फोन गरेर उजुरी गर्न सकिने प्रवक्ता उपाध्यायले जानकारी दिए। दसैंका जुनसुकै दिन सवारी चलाउनेले पनि विभागले तोकेभन्दा बढी भाडा लिन नपाउने उनको भनाइ छ।
_x000D__x000D_
यदि सवारी साधनले बढी भाडा लिएमा माथि उल्लेखित नम्बर वा नजिकको प्रहरी कार्यालयमा खबर गर्न विभागले आह्वान गरेको छ। बढी भाडा लिने सवारीलाई कारबाहीको दायरामा ल्याउन देशभरका प्रहरी कार्यालयलाई अनुरोध गरिएको जनाइएको छ।
_x000D__x000D_
उपत्यका बाहिर जाने सबै नाकामा विभागले अनुगमन गर्न नसक्दा पनि यात्रु ठग्ने क्रम बढेको यात्रुको गुनासो छ। दसैंका अवसरमा २५ लाखभन्दा बढी यात्रु उपत्यका बाहिर जाने गरेको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ। असोज २४ गते घटस्थापनादेखि शनिबारसम्म ६० हजार १ सय ६८ सवारीमा ५ लाख ७१ हजार ९ सय ८७ यात्रु दसैं मान्न उपत्यका बाहिर गएको महाशाखाका सहप्रवक्ता प्रहरी निरीक्षक दामोदर सिलवालले बताए।
_x000D__x000D_
यस अवधिमा ५० हजार ७ सय २९ सवारीमा ३ लाख १९ हजार ६ सय ९ यात्रु उपत्यकामा भित्रिएका छन्। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।