राजविराज– सप्तरीका विभिन्न स्थानमा अवैधरुपमा लगाइएको गाँजा खेती प्रहरीले नष्ट गरेको छ।
_x000D__x000D_
जिल्ला प्रहरी कार्यालयका अनुसार जिल्लाभर करिब ७ हजार बोट गाँजा नष्ट गएिको छ।
_x000D__x000D_
महादेवा गाउँपालिका–१ बाट १ हजार १ सय, कञ्चनरुप नगरपालिका–७ बाट करिब १ सय, शम्भुनाथ नगरपालिका–७ बाट १ सय, खडकपुर नगरपालिका–८ बाट ५० बोट गाँजा नष्ट गरिएको एसपी राजेन्द्र विष्टले बताए।
_x000D__x000D_
यसैगरी, हनुमाननगर कंकालिनी नगरपालिका–१३ बाट ४ हजार, डाक्नेश्वरी नगरपालिका–१ बाट १ हजार ५ सय र राजविराज नगरपालिका–१ बाट करिब १ सय बोट गाँजा फडानी गरिएको उनले जानकारी दिए।
_x000D__x000D_
अधिकांश गाँजाका बोट घरको करेसाबारीमा लगाइएको पाएको विष्टले बताए। कतिपयले औषधिको रुपमा र कतिपयले लागूऔषधको रुपमा बिक्रीवितरण गर्नसमेत गाँजा लगाउने गरेको प्रहरीको भनाइ छ।
_x000D_
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।