बझाङ– बझाङमा अरिंगालले टोक्दा ३ वर्षीय बालकको मृत्यु भएको छ। केदार स्यु गाँउपालिका–२, कोटिगाँउ बस्ने रणबहादुर विष्टका ३ वर्षीय छोरा कुमार विष्टको मृत्यु भएको हो।
_x000D__x000D_
अरिंगालको टोकाइबाट सोही गाँउका अन्य ३ जना बालबालिकासमेत घाइते भएका छन्। घाइते हुनेमा ५ वर्षका अमित विष्ट, ४ वर्षका भरत विष्ट र ७ वर्षकी रूपा विष्ट रहेको प्रहरीले जनाएको छ।
_x000D__x000D_
घाइतेहरुको प्रथमिक स्वास्थ्य चौकी देउरामा उपचार भइरहेको छ।
_x000D__x000D_
घर नजिकै रहेको रुखमा रहेको अरिंगालको गोलोमा बालबालिकाले ढुंगा हिर्काएपछि उनीहरुलाई अरिंगालले टोकेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।