काठमाडौं– वरिष्ठ गायिका ज्ञानु राणा बिन्धवासिनी संगीत साधना सम्मानबाट सम्मानित भएकी छन्। शनिबार एक कार्यक्रमका बिच गायिका राणालाई ५० हजार १ रुपैयाँसहित सम्मान गरिएको हो। ६९ वर्षिया राणाले जीवनको लामो समय नेपाली गीतसंगीत क्षेत्रमा अनवरतरुमा दिएको योगदानको कदर गर्दै उक्त सम्मान प्रदान गरिएको बिन्धवासिनी फाउन्डेसनले जनाएको छ।
_x000D__x000D_
सम्मानपछि बाेल्दै गायिका राणाले जीवनमा पाएको सफलता र प्राप्त सम्मानहरुको श्रेय आफ्ना पिता जनकवि केशरी धर्मराज थापा, आमा सावित्री थापा, नेपाली स्रोता तथा दर्शकहरु भएको भन्दै सबैप्रति आभार व्यक्त गरिन्।
_x000D__x000D_
राणाकाे स्वरमा सजिएका ‘सिरिमा सिरी...’, ‘कसैले बुझेन मेरो मनको बहलाई...’, ‘मान्छेको मायाँ यहाँ...’लगायतका थुप्रै कालजयी गीतहरु आज पनि नेपाली जनजिब्रोमा ताजा छन्। यसैगरी, राणाले २ हजार बढी गीतहरुमा अावाज दिएकी छिन्। उनले ४ सय बढी भजन तथा एक दर्जन बढी बलगीतहरुसमेत गाएकी छिन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।