काठमाडौं– बाराको सिम्रौनगढ नगरपालिका–३, नौकाटोलाका धनेश्वर यादवका ६ बर्षीय छाेरा दीपक यादवको अपहरणपछि हत्या गरिएकाे छ।
_x000D__x000D_
अपहरणकारीले असोज २४ गते दीपकको अपहरण गरी १० लाख रुपैयाँ फिरौती मागेका थिए। फिराैती रकम नपाएपछि हत्याराहरुले दीपककाे हत्या गरी घरनजिकैकाे झाडीमा फालिएकाे अवस्थामा उनकाे शव फेला परेकाे बाराकी प्रहरी प्रमुख एसपी मीरा चाैधरीले जानकारी दिइन्।
_x000D__x000D_
अपहरणको आरोपमा सोही ठाउँ बस्ने सुरेन्द्र कुशवाहा र श्यामसुन्दर बैठालाई प्रहरीले शनिबार पक्राउ गरेको छ।
_x000D__x000D_
उनीहरुले अपरहणपछि फिरौती माग गर्दा नपाएपछि हत्या गरेको स्वीकार गरेकाे बारा प्रहरीले जनाएको छ। घटनाका बारेमा थप विवरण भने बारा प्रहरीले अाज अपरान्ह पत्रकार सम्मलेन गरेर जानकारी दिने एसपी चाैधरीले बताइन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।