काठमाडौं– दुई महिनाको अवधिमा सरकारले १ सय ६० भन्दा बढी कानुन निर्माण गरेको छ। चालू आर्थिक वर्ष २०७५/७६ सुरु भएयता उक्त संख्याका कानुन निर्माण भएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ।
_x000D__x000D_
यसैगरी सरकारले अब अनलाइन प्रणालीमार्फत मन्त्रालयको गतिविधिको निरीक्षण गर्ने भएको छ। यसका लागि ‘अनलाइन मनिटरिङ सिस्टम’ तयार गरिएको कार्यालयले जनाएको छ।
_x000D__x000D_
कार्यालयका अनुसार उक्त प्रणालीमार्फत सरकारका नीति तथा कार्यक्रम र वार्षिक बजेटलाई कार्यान्वयन गर्नका लागि सम्बन्धित मन्त्रालयबाट पेस भएका कार्ययोजनाहरूको उपलब्धिको मापन हुनेछ। आगामी दिनमा प्रत्येक मन्त्रालयले आफूले सम्पादन गरेका कार्यहरूको मासिक प्रतिवेदन पेस गर्ने र त्यसको मूल्यांकन पनि सोही अनलाइन प्रणालीमार्फत नै हुनेछ।
_x000D__x000D_
कार्यउपलब्धिका आधारमा सरकारले अबदेखि प्रत्येक महिना उत्कृष्ठ निकाय घोषणा गर्ने जानकारी कार्यालयले दिएको छ। प्रतिबद्धता जनाएबमोजिमका कार्य उपलब्धि नभएमा र कार्यान्वयनमा कमजोरी देखिए सम्बन्धित मन्त्रालयका सचिव जिम्मेवार हुनेछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।