काठमाडौं- शनिबार राति निधन भएका नेपाली कांग्रेसका नेता चक्रप्रसाद बाँस्तोलाको आज अपराह्न अन्त्येष्टि गरिने भएको छ। उनका दुवै छोरी अपराह्न काठमाडौ आइपुगेपछि परम्पराअनुसार अन्त्येष्टि गरिने भएको कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी गराए।
_x000D__x000D_
अहिले बाँस्तोलाको पार्थिव शरीर उनकै निवास खुमलटारमा राखिएको छ। दिउँसो १:३० बजेदेखि ४ बजेसम्म पार्टी केन्द्रीय कार्यालय सानेपामा राखिने र त्यसपछि पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने भएको छ।
_x000D__x000D_
_x000D__x000D_
नेता बाँस्तोलाको निधनमा शोक र श्रद्धाञ्जली व्यक्त गर्न कांग्रेस केन्द्रीय समितिको आकस्मिक बैठक आज अपरान्ह २ बजे बोलाइएको प्रवक्ता शर्माले जानकारी दिए। आजका लागि पूर्व निर्धारित ७७ जिल्लाको ज्ञापनपत्र कार्यक्रम स्थगित भएको छl नेपाली कांग्रेसले मूल्यवृद्धि नियन्त्रणको माग गर्दै ७७ वटै जिल्ला प्रशासन कार्यालयमार्फत ज्ञापनपत्र बुझाउने कार्यक्रम थियो।
_x000D__x000D_
_x000D__x000D_
_x000D__x000D_
२०६९ पुसमा मस्तिस्कघात भएका बाँस्तोलालाई नयाँ दिल्लीको मेदान्त अस्पतालमा लगेर उपचार गरिएको थियो। त्यहाँ तीन महिना उपचार गर्दा पनि पूर्ववत् अवस्थामा नआएपछि उनलाई स्वदेश फर्काइएको थियो।
_x000D__x000D_
२०७० कात्तिकदेखि भने उनको उपचार घरमै हुँदै आएको थियो।
_x000D__x000D_
_x000D__x000D_
_x000D__x000D_
_x000D__x000D_
_x000D__x000D_
(आफ्नै निवास खुमलटारमा बाँस्तोलाको पार्थिव शरीरमा श्रद्धाञ्जली व्यक्त गर्न आएका शुभचिन्तक तथा नेताहरु। तस्बिर : निमेष जंग राई/नेपाल लाइभ)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।