दाङ- प्रदेश नम्बर-५ का मुख्यमन्त्री शंकर पोखरेलले प्रदेश-५को समृद्धि थारु समुदायको सहभागिता बिना अधुरो हुने बताएका छन्। थारु पत्रकार संघ नेपालले दाङकाे घोराहीमा आयोजना गरेको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन्।
_x000D__x000D_
उनले थारु समुदायको इतिहासलाई कोट्याउँदै थारु समुदाय बुद्ध सम्प्रदायको एउटा अंश भएको बताए। उनले भने, 'थारु लेखक महेश चौधरीले आफ्नो पुस्तकमा थारु समुदाय बुद्धिजम परम्पराबाट आएको भनेर लेख्नु भएको छ भने पूर्वमहान्याधिवक्ता रमानन्दप्रसाद सिंहले थारु बुद्धका सन्तान हुन भन्ने ऐतिहासिक पुस्तकबाट लेखिसक्नु भएको छ।'
_x000D__x000D_
उनले थारु जाति नेपालको मूलाबासी हुन भन्ने कुरा उनीहरुले पचाएको औलोबाटै प्रमाणित गरिदिएकाले उनीहरु नेपालको तराईको आदिबासी भएको दाबी गरे। उनले भने 'थारुहररू तराईमा औलो रोग पचाउने जाति मूलबासी हुन्।उनीहरूको प्रकृतिसँग धेरै पुरानो सम्बन्ध छ भन्ने बताउनै पर्दैन।'
_x000D__x000D_
उनले थारुहरु भाषिक र सांस्कृतिक रुपमा समृद्ध रहेको बताउँदै अब आर्थिक रुपमा पनि समृद्धि ल्याउनु पर्नेमा जोड दिए। मुख्यमन्त्री पाेखरेलले अब पत्रकारितामा थारु भाषालाई प्रवर्द्धन र सम्बर्द्धन गर्नु पर्नेमा जोड दिए। उनले भने, 'थारु भाषा अब स्थानीय एफएम रेडियोहरुले बुझ्न थालेका छन्। थारु भाषा स्थानीयकरण हुँदै नेटवर्किङको माध्यमबाट राष्ट्रिय प्रसारणको माध्यमको रुपमा विकास गर्नुपर्छ।'
_x000D__x000D_
उनले सञ्चार माध्यमलाई स्थानीयकरण गर्दै भाषिक जागरण गर्नु पर्नेमा जोड दिए। उनले भाषालाई जीवन्त गराउन शब्द पैंचो/लिन सक्नु पर्ने बताए। उनले भने, ' भाषालाई प्रभावकारी र अभिव्यक्तिको माध्यम बनाउन शब्दहरु पैंचौ र उदारवादी हुनुपर्छ।थारु भाषाका शिल्पीहरु जङ्गिनु आवश्यक छ।भाषा त्यसै जीवन्त हुन्छ।'
_x000D__x000D_
भाषा आयोगको प्रतिवेदनले दिएको रिपोर्ट पश्चात मात्रै प्रदेशमा भाषिक कार्यान्वयन गरेर लैजाने उनले बताए। थारु समुदायको प्राकृतिक बस्तीको अध्ययन गरेर पर्यटकीय गन्तब्यको विषयमा छलफल गरिरहरहेको बताए। उनले भने, 'थारु समुदायले अब पर्यटकीय डबलीको रुपमा विकास गरेका छौ।'
_x000D__x000D_
मुख्यमन्त्री पाेखरेलले राजनीतिक रुपमा संघीयता कार्यान्वयनमा गए पनि प्रशासनिक र वित्तीय रुपमा यसले कार्यान्वयनमा पूर्णता नपाइरहेको बताए। उनले भने, 'संघीयता जारी भएपछि मुलुकमा परिवर्तन राजनीतिक रुपमा भयो। तर वित्तीय रुपमा र प्रशासनिक रुपमा अझै कमजोर छ।'
_x000D__x000D_
उनले स्थानीय निकायमा ६ प्रतिशतको जिडीपीले वृद्धि भए पनि पुरानै ढाँचामा समाचार सम्प्रेषणले गलत सूचना प्रवाह भइरहेकाे भन्दै गुनासो गरे। उनले भने, 'संघीयता आउनुअघि मुलुकको जीडिपी ३ प्रतिशत हुँदा समृद्धि तर संघीयताको आएको २ वर्षमा ६ प्रतिशत पग्दा कसरी देश विगार्यो?'
_x000D__x000D_
उनले संघीयतालाई विरोध गर्न कलमहरुलाई समेत प्रभाव एउटा शक्तिले चलखेल गरिरहेको आरोप लगाए। उनले भने, 'समाजको उत्थान संघीयता हो भन्दा पनि कलमहरु यसको विरोधमा उत्रिनुले कही प्रभावमा त परेको छैन।'
_x000D__x000D_
यस्तै कार्यक्रममा थारु कल्याणकारिणी सभा दाङका अध्यक्ष भुवन चौधरीले सम्पूर्ण जाति, तह र तप्काका थारुहरुको समृद्धिलाई राज्यले सम्बोधन गर्नु पर्ने माग गरे।
_x000D__x000D_
उनले भने, 'नेपालको समृद्धिमा थारुहरुको लगानी हुनुपर्छ।थारुहरु पिछडिएका छन्। उनीहरुको इतिहास र पहिचानलाई राज्यले वर्षौदेखि शोषण, दमन र उत्पीडनमा राखियो। अब थारु पत्रकार संघले थारुहरुको इतिहास, राज्यको कमजोरीलाई नजिकबाट नियालेर लेख्नुपर्छ।'
_x000D__x000D_
उनले आन्दोलन गर्ने अधिकार, पहिचान माग्नेलाई जेलमा हाल्ने राज्यको प्रशासनले किन नबुझ्ने माग गरे। उनले भने, 'नेपालको विकास र समृद्धिमा हिस्सा भाग लिइरहेको छ। मेची महाकाली राजमार्ग ( महेन्द्र राजमार्ग)मा लगानी गर्दा थारुहरुको ठूलो रगत पसिना बगाएको थारुहरुलाई राज्यले किन सम्बोधन गर्दैनन्।'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।