तुलसीपुर– सभामुख कृष्णबहादुर महराले खानेपानी संस्थाले जनतालाई स्वच्छ र गुणस्तरीय खानेपानी वितरण गर्नुपर्ने बताएका छन्।
_x000D__x000D_
अमृतपुर खानेपानी तथा उपभोक्ता तथा सरसफाइ संस्थाको १२औँ वार्षिक साधारणसभा तथा रजतजयन्ती कार्यक्रमलाई आज सम्बोधन गर्दै सभामुख महराले खानेपानी, शिक्षा, स्वास्थ्यलगायतका आधारभूत आवश्यकता जनताले पाउनुपर्ने बताए।
_x000D__x000D_
‘सरकारले एक घर, एक धाराको नीतिलाई अगाडि सारेको छ, सोही नीतिअनुरुप घर घरमा खानेपानी पुर्याउनेतर्फ खानेपानी संस्था लाग्नुपर्छ', सभामुख महराले भने।
_x000D__x000D_
उनले अमृतपुर खानेपानीले अगाडि सारेको सहलगानी कोष स्वीकृत भएकोसमेत बताए।
_x000D__x000D_
उनले पछिल्लो समयमा विभिन्न कारणले खानेपानीको मुहान सुक्दै गएको भन्दै पानीकाे मुहान संरक्षणमा ठोस कदम चाल्नुपर्ने बताए। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।