काबुल– अफगानिस्तानको उत्तरपूर्वमा भएको एक चुनावी र्यालीमा बम आक्रमण हुँदा कम्तिमा १३ जनाको मृत्यु भएको अफगान अधिकारीले बताएका छन्। मृत्यु हुनेमा नागरिक र सुरक्षा फौजका व्यक्ति रहेका छन्।
_x000D__x000D_
तखार प्रान्तका प्रान्तीय प्रहरी प्रमुखका प्रवक्ता खलिल असरले ३२ जना अरु घाइते भएको जानकारी दिए। रुस्ताक जिल्लामा आयोजित चुनावी र्यालीलाई लक्षित गरी मोटरसाइकलमा राखिएको बम पड्काइएको पनि असरले बताए।
_x000D__x000D_
उक्त र्यालीमा सम्बोधन गर्न महिला उम्मेदवार नजिफा युसोफी बेग आइपुग्नु ठीकअघि विस्फोट गराइएको थियो।
_x000D__x000D_
तखारको यस आक्रमणको हालसम्म कसैले जिम्मेवारी लिएको छैन, तर तालिबान लडाकू यस प्रान्तमा सक्रिय रहेका छन्। विगतमा भएका यस्तै आक्रमणको उनीहरुले नै जिम्मेवारी लिँदै आएका छन्।
_x000D__x000D_
अक्टोबर २० मा हुने संसदीय चुनावलाई लक्षित गरी देशैभर आक्रमणका सिलसिला जारी छन्। गत साता पनि हेल्मन्ड प्रान्तमा एक जना उम्मेदवारको हत्या गरिएको थियो। (रासस/एपी)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।