काठमाडाैं– पार्टी भित्रको आन्तरिक विवादले नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघको १२ औं महाधिवेशनको अन्योलता कायम नै छ। अनिश्चित रहेको महाधिवेशनमा पदका आकांक्षी विद्यार्थी नेताको दौडधुप अहिलेदेखि बढेको छ।
_x000D__x000D_
३२ वर्षे उमेर हदको बाध्यात्मक परिस्थिति निर्माण भएसँगै दोस्रो तहका विद्यार्थी नेता आफ्नो स्थान सुरक्षित गर्न पूर्व तयारीमा छन्। उमेर हद कायम नहुँदा शीर्ष स्थान प्राप्त गर्नबाट वञ्चित हुने दोस्रो तहका विद्यार्थी नेताहरुलाई पार्टीले ढोका खोली दिएपछि उनिहरुको सक्रियता बढेको हो।
_x000D__x000D_
संस्थापन इतर समूहको फरक मतका बाबजुत पार्टी सभापति पक्षले बहुमतको आधारमा केन्द्रीय कार्य समितिबाट ३२ वर्षे हद कायम गरेको थियो। विद्यार्थी विधानकै विषय लिएर पार्टीभित्र थप ध्रुवीकृत हुन पुगेको छ।
_x000D__x000D_
वरिष्ठ नेता रामचन्द्र पौडेल र कृष्ण प्रसाद सिटौला पक्षले बहिष्कार गर्ने रणनीति बनाएसँगै बिहीबारको केन्द्रीय समितिको बैठक अनिश्चित कालको लागि स्थगन गरिएको छ।
_x000D__x000D_
नेविसंघले सर्वस्वीकृत गरेर पठाएको विधानलाई पार्टीले हस्तक्षेप गर्न नहुने असन्तुष्ट पक्षको तर्क छ। तर,संस्थापन पक्षले ३२ वर्षे मापदण्ड गत अधिवेशनबाट नै पारित भएको जनाउँदै कायम गर्न जोड दिएको थियो।
_x000D__x000D_
पार्टीको ‘नर्सरी’संगठनको रुपमा रहेको नेविसंघमा आफू अनुकूलको विद्यार्थी नेता ल्याउने इच्छाले पनि पछिल्लो विवाद उत्पन्न रहेको बताइन्छ। केन्द्रीय कार्य समितिमा रहेका अधिंकाश नेताको पृष्ठभूमि विद्यार्थी राजनीतिबाट भएकाले आफू पक्षीय विद्यार्थी नेतालाई पदमा ल्याउन चाहेका छन्।
_x000D__x000D_
संघमा संस्थापन इतरको समूह हाबी हुँदै गएपछि संस्थापन पक्षले आफू अनुकुलको विद्याथीलाई नेविसंघको मुख्य पदमा ल्याउनका लागि हदबन्दी कायम गरेको आरोप लागेको छ।
_x000D__x000D_
उमेर हदसँगै ‘विद्यार्थी राजनीतिबाट विदा हुनेहरू
_x000D__x000D_
३२ वर्षे उमेर हद लागेपछि पहिलो तहका विद्यार्थी नेता मौन बसेका छन्। विधान संशोधनसँगै संघको सभापतिको लागि उनीहरूको दाबी गर्ने वैधानिक बाटो सकिएको छ। वर्तमान कार्य समितिमा रहेका सभापतिका प्रत्यासी आधा दर्जन भन्दा बढीले उमेर हदकै कारण विद्यार्थी राजनीतिबाट हात धुनु परेको छ।
_x000D__x000D_
देउवा नजिकका विद्यार्थी नेता सरोज थापा,पुष्पकुमार शाही, सञ्जय यादव र आनन्द त्रिपाठी सभापति बन्ने लाइनमा थिए।
_x000D__x000D_
उमेर हदका कारण अवसरबाट ४ जना नै वञ्चित भएका छन्। शाही र यादव उपाध्यक्ष हुन् भने थापा र त्रिपाठी वर्तमान कार्य समितिका महामन्त्री हुन्। पौडेल समूहबाट वञ्चित हुनेमा उपाध्यक्षत्रय उर्मिला थपलिया,नविन राई र प्रकाश राना रहेका छन्।
_x000D__x000D_
११ अाैं महाधिवेशनमा सभापतिमा पराजित मनोजमणी आचार्यलाई पनि विद्यार्थी राजनीति गर्ने बाटो बन्द भएको छ।
_x000D__x000D_
उक्त समूहबाट नै गत महाधिवेशनमा महामन्त्रीको प्रत्यासी बनेका हिमालदत्त श्रेष्ठ र दीपक भट्टराईले दाबी गर्न नपाउने भएका छन्।
_x000D__x000D_
नेपाली कांग्रेसको तेश्रो धारबाट सभापतिका बलियो उम्मेदवार कुन्दनराज काफ्लेलाई पनि विद्यार्थी राजनीति गर्न पार्टीले रोकिदिएको छ। काफ्लेसँगै उक्त समूहका रामप्रसाद अधिकारी पनि १२ औं महाधिवेशनमा सभापतिको आकांक्षी थिए। काफ्ले र अधिकारीलाई पनि उमेरले बन्देज लगाएको छ। उक्त समूहका वलदेव तिमल्सिना पनि आंकाक्षी थिए।
_x000D__x000D_
दोस्रो तहका विद्यार्थी नेताका बढ्दो सक्रियता
_x000D_उमेर हद कायम भएसँगै विद्यार्थी संगठनको केन्द्रमा आउन खोज्ने दास्रोे तहका विद्यार्थी नेताको लर्को लागेको छ। तिनै समूहका विद्यार्थी नेताले आ–आफ्नो दाबीसहितका नाम बाहिर ल्याइरहेका छन्। आकस्मिक लाभमा पुगेका विद्यार्थी नेताले आफू नै सभापतिको दाबेदार हुनसक्ने तर्क प्रस्तुत गरेका छन्।
_x000D__x000D_
देउवा समूहबाट प्रेमराज जोशीको नाम सबैभन्दा अघि आएको छ। वर्तमान कार्य समितिमा सह महामन्त्री रहेका जोशी संघको निर्देशक समितिका संयोजक तथा पार्टी सहमहामन्त्री डा प्रकाश शरण महतका ‘विश्वास पात्र’हुन्। उक्त समूहबाट नै प्रकाश घिमिरे र अम्बिका चलाउनेको नाम पनि चर्चामा आएको छ। दुवै सहमहामन्त्री हुन्। चलाउने अछामस्थित पञ्चदेवल नगरपालिकाकी उममेरयर पनि हुन्।
_x000D__x000D_
पौडेल समूहबाट शिव रिमाल सभापतिका बलियो प्रत्यासी हुन्। उक्त समूहबाट सागर परियारको नाम पनि चर्चामा छ। परियार महामन्त्री डा. शशांक कोइराला निकट पनि छन्। विद्यमान कार्य समितिमा परियार उपाध्यक्ष हुन् भने रिमाल कोषाध्यक्ष हुन्।
_x000D__x000D_
पार्टीको तेस्रोे तहको समूह अर्थात् सिटौला नजिकका विद्यार्थी नेतामा करिब आधा दर्जनले नेतृत्वमा दाबी गर्न सुरु गरेका छन्। उक्त समूहबाट सुशिल भट्ट,निरञ्जन थापा,नवराज त्रिपाठी,शिजर भट्ट, दीपेन्द्र क्षेत्री, हरि आचार्य ,डोजाङ शेर्पा चर्चामा आएका छन्।
_x000D__x000D_
भट्ट केन्द्रीय सदस्य हुन् भने थापा गत महाधिवेशनमा सहमहामन्त्रीमा पराजित भएका थिए। त्रिपाठी नेविसंघको पोखरा विश्वविद्यालय संयोजक पनि हुन्। वातावरण विज्ञानमा प्राध्यापन गर्दै आएका भट्टले पनि मूल नेतृत्वमा आउने इच्छा देखाएका छन्। उक्त समूहबाट नै दीपेन्द्र क्षेत्रीले पनि इच्छा देखाएका छन्। क्षेत्री पेशाले इन्जिनियर हुन्। आचार्य त्रिवि नेविसंघ इकाईका सभापति पनि हुन्।
_x000D__x000D_
संघको पदीय भूमिका,क्रियाशीलता र नेताको ‘आर्शिवाद’ले नेतृत्व चयन हुने परम्परा छ। कतिपय विद्यार्थी नेताले चर्चामा आउनका लागि नाम बाहिर ल्याएको बताइन्छ। संघको पदीय वरियता र भूमिका अनुसार दाबी गर्ने हैसियत बनाएका विद्यार्थी नेता पनि छन्।
_x000D__x000D_
संघको महाधिवेशनमा पनि स्पष्ट पार्टीको छाया देखिने सम्भावना छ। निर्वाचन पश्चात् संस्थापन इतर समूहको गठजोड बनेकाले संघको महाधिवेशनमा पनि गठबन्धन हुन सक्ने विद्यार्थी नेताहरु बताउँछन्।
_x000D__x000D_
महाधिवेशनको समयमा तीन समूहबाट मुख्यतः तीन विद्यार्थी नेता बलियो दाबेदारका रुपमा देखिने सम्भवना छ। संस्थापन समूहबाट प्रेमराज जोशी, पौडेल समूहबाट शिव रिमाल र सिटौला पक्षबाट सुशिल भट्टको नाम अन्तिमसम्म कायम हुने आंकलन गरिएको छ।
_x000D__x000D_
संस्थापन समूहमा जोशी पार्टी सहमहामन्त्री डा महतका प्रिय पात्र हुन्। रिमाल वरिष्ठ नेता पौडेलका गृह जिल्लाबासी हुन्। साथै नेता पौडेलका छोरा चिन्तन पौडेलसँग रिमालको सम्बन्ध प्रगाढ छ। रिमाललाई नेविसंघ पूर्व सभापति रञ्जित कर्णको पनि साथ छ।
_x000D__x000D_
पार्टीको वैचारिक धारको नेतृत्व गरेका सिटौला समूहको तर्फबाट संघको महाधिवेशनमा सभापतिको प्रत्यासीमा भट्ट अगाडि देखिएका छन्। सिटौलाको साथै कांग्रेस नेता प्रकाशमान सिंह र अर्जुननरसिंह केसी पनि उनको पक्षमा छन्।
_x000D__x000D_
युवा नेता गगन थापा र प्रदीप पौडेलको नजिक रहेका भट्टले विद्यालय तहदेखि नै नेविसंघको राजनीति गर्दै आएका थिए। नेपाली कांग्रेसका पूर्व सभापति गिरिजा प्रसाद कोइरालाले ‘स्कुल स्कुलमा नेविसंघ’अभियानको संयोजक भट्टलाई बनाएका थिए।
_x000D_
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।