काठमाडौं– आइसिसी टी–२० विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत एसिया छनोटको समूह 'बी' प्रतियोगिताको च्याम्पियन बनेको नेपाली राष्ट्रिय टिम शनिबार स्वदेश फर्किएको छ।
_x000D__x000D_
नेपाली टिमका युवा स्पिनर सन्दीप लामिछाने भने मलेसियाबाटै युएई प्रस्थान गरेका छन्। सन्दीप अफगानिस्तान प्रिमियर लिग खेल्न यूएई गएका हुन्।
_x000D__x000D_
नेपालले मलेसियामा भएको प्रतियोगितामा लगातार ५ खेल जितेको थियो। सिंगापुरविरुद्धको अन्तिम खेलमा वर्षा बाधक बनेपछि दुवै टिमले अंक बाडेका थिए। त्यसपछि नेपाले सिंगापुरलाई रनरेटमा पछि पारेर प्रतियोगिताको उपाधि जितेको थियो।
_x000D__x000D_
सन् २०२० मा अस्ट्रेलियामा हुने आइसिसी टी–२० विश्वकप क्रिकेटअन्तर्गत एसिया छनोट 'बी'बाट नेपाल, सिंगापुर र मलेसिया दोस्रो चरणमा पुगे। नेपाल र सिंगापुर अपराजित रहँदै दोस्रो चरणमा पुग्दा थाइल्यान्डलाई पछि पारेर मलेसिया दोस्रो चरणमा पुग्न सफल भयो।
_x000D__x000D_
_x000D__x000D_
यसअघि एशियाको 'ए' छनोटबाट युएई, कतार र कुवेत दोस्रो चरणमा प्रवेश गरिसकेका छन्। दोस्रो चरणमा युएई, कतार र कुवेतसँगै पूर्व क्षेत्रबाट छनोट भएका नेपाल, सिंगापुर र थाइल्यान्डबीच प्रतिस्पर्धा हुनेछ।
_x000D__x000D_
६ टिम बीचको दोस्रो चरणको प्रतिस्पर्धाबाट २ टिम अन्तिम चरणका लागि छनोट हुनेछन्। अन्तिम चरणमा विश्वभरबाट छानिएका १४ टिमबीच प्रतिस्पर्धा हुने र तीमध्ये ६ टिम टी–२० विश्वकप २०२० का लागि छनोट हुनेछन्। अन्तिम चरणको प्रतियोगितामा आगामी वर्षको सेप्टेम्बरमा हुनेछ।
_x000D__x000D_
_x000D__x000D_
स्वदेश फर्किएपछि नेपाली टिमका कप्तान पारस खड्काले आगामी चरणको छनोटका लागि नेपालको अभ्यास गर्ने तयारीमा परिवर्तन हुनु पर्ने बताए। उनले त्रिभुवन विमानस्थलमा पत्रकारलाई दिएको प्रतिक्रिया जस्ताको तस्तै :
_x000D__x000D_
हामीले आफ्नो स्तरअनुसारको खेल्यौं। नेपालले राम्रो खेल्छ भने सबैको अपेक्षा थियो। त्यसलै टिम खेल खेल्न सफल भयौं। हाम्रा लागि आगामी चरण अझ चुनौतीपूर्ण छ। यस्तै प्रदर्शन जारी राख्न सक्नेमा आसावादी छौं।
_x000D__x000D_
मलेसियाको कन्डिसन अनुसार खेल्यौं। कमजोर टिम भन्दैमा साढे ३ सय रन लाग्छ भन्ने होइन। उनीहरु पनि निश्चित स्तरबाट आएका छन्। धेरै वर्षदेखि क्रिकेट खेलिरहेका छन्। हामीले सकेसम्म कम स्कोरमा उनीहरुलाई समेट्न खोज्यौ।
_x000D__x000D_
यो वर्ष राम्रो प्रदर्शन गर्न पाएकोमा खुसी लागेको छ। आगामी वर्ष हाम्रो लागि महत्वपूर्ण हुनेछ। हाम्रा लागि आगामी छनोट चरण अहिलेजस्तो सजिलो हुने छैन।
_x000D__x000D_
२ चरणको लागि नेपाली टिममा धेरै परिवर्तन हुनु आवश्यक छ। ब्याटिङ, बलिङ र फिल्डिङ विशेषज्ञ ल्याउनु जरुरी छ। यस्तोनभए हाम्रो लागि धेरै कठिन हुनेछ। विश्व छनोट प्रतियोगिताका लागि एक वर्षको समय छ। एसिया छनोटका लागि ४–५ महिना बाँकी छ। त्यसैले नेपालले एक्पर्टहरुलाई चाडो भन्दा चाडो ल्याएर नयाँ तरिकाले प्रशिक्षण गर्नु आवश्वयक छ।
_x000D__x000D_
सन्दीप लामिछाने र ललितनारायण राजवंशीले राम्रो खेलेका छन्। अन्य खेलाडीले पनि आफ्नो जिम्मेवारी पूरा गरेका छन्। तर यो स्तरमा कुन खेलाडीले कस्तो खेल्यो भन्न धेरै गाह्रो छ
_x000D__x000D_
आगामी दिनमा थप चुनौती आउदा खेलाडीहरुले आफूलाई प्रमाणित गर्न जरुरी छ। टिममा स्थान सुरक्षित गर्न खेलाडीहरुले राम्रो प्रदर्शन गरिरहदा समग्रमा देशलाई नै फाइदा हुन्छ।
_x000D__x000D_
२०१९ को सेप्टेम्बरको विश्व टी–२० छनोट आउने बेलासम्म ओपनिङ कम्बिनेसका तयार पार्नेछौं। हामी ओपनिङ जोडी बनाउन प्रयास गरिरहेका छौं। जुन जुन खेलाडीले अवसर पाएका छन् उनीहले सदुपयोग गर्न सक्नु पर्योग। तर ५० ओभर र २० ओभरको ओपनिङमा भने फरक हुनेछ। हामी ओपनिङमा विशेषगरी युवा खेलाडी ल्याउने कोशिस गरिरहेका छौं। जसले राम्रो खेल्यो त्यसलाई अवसर दिनेछौं।
_x000D__x000D_
_x000D__x000D_
_x000D__x000D_
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।