काठमाडौं– उपप्रधानमन्त्री एवम् नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सचिवालय सदस्य ईश्वर पोखरेलले नेता बामदेव गौतमलाई सांसद बनाउने विषय पार्टीभित्र औपचारिक रुपमा प्रवेश नै नभएको दाबी गरेका छन्।
_x000D__x000D_
उपप्रधानमन्त्री पोखरेलले काठमाडौं क्षेत्र नम्बर ७ का प्रतिनिधिसभाका सांसद रामवीर मानन्धरले राजीनामा दिने र नेता गौतमलाई उठाउने भन्ने विषय पार्टीभित्र छलफल नै नभएकाले त्यसमा टिप्पणी गरिरहन आवश्यक नरहेको प्रतिक्रिया दिएका हुन्।
_x000D__x000D_
उनले नेता गौतमलाई सांसद बनाउने विषय मुलुकमा अस्थिरता पैदा गर्ने गरी षड्यन्त्रमूलक ढंगले आएकाले आफूले त्यस्ता गतिविधिको आलोचना गर्नुपरेको पनि बताए। दसैं, तिहार, छठ, नेपाल संवत्लगायतका चाडपर्वको अवसर पारेर शनिबार आयोजित चियापान कार्यक्रममा सञ्चारकर्मीमाझ संक्षिप्त प्रतिक्रिया दिँदै उपप्रधानमन्त्री पोखरेलले मूलुकलाई स्वभाविक ढंगले अघि बढाउन बाधक हुने गरी आउने कुनै पनि गतिविधिविरुद्ध एक्लै भएपनि आफू उभिने स्पष्ट पारे।
_x000D__x000D_
उपप्रधानमन्त्री पोखरेलले सरकारले कामै गरेन भन्ने खालको टिप्पणी न्यायोचित नभएको पनि दोहो¥याएका छन्। उनले केही कमीकमजोरी भने रहेको उल्लेख गर्दै त्यसलाई सच्याउँदै अघि बढ्ने दृढता पनि व्यक्त गरे।
_x000D__x000D_
उपप्रधानमन्त्री पोखरेलले सरकारले संवैधानिक व्यवस्थाअनुसार कानुन निर्माणको कामलाई यस बीचमा उच्च प्राथमिकता दिएको पनि स्मरण गराए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।